Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

सीबीडीसी ल्याउने तयारीमा राष्ट्र बैंक सम्भावना र जोखिम अध्ययन गर्न कार्यदल सक्रिय

सीबीडीसी ल्याउने तयारीमा राष्ट्र बैंक सम्भावना र जोखिम अध्ययन गर्न कार्यदल सक्रिय
A A+ A-

काठमाडौं । नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) जारी गर्ने सम्भावनाबारे अध्ययनलाई थप तीव्र बनाएको छ । सीबीडीसीको सम्भावना र जोखिम पहिचान गर्न राष्ट्र बैंकले विभिन्न विभागका प्रतिनिधि सम्मिलित कार्यदल बनाएर विस्तृत अध्ययन अघि बढाएको हो ।

राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले डिजिटल भुक्तानी र कारोबारको बदलिँदो विश्वव्यापी अभ्यासलाई ध्यानमा राख्दै नेपालले पनि सीबीडीसीको सम्भावना र जोखिम दुवैको गहिरो अध्ययन गर्नुपर्ने बताएका छन् ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागअन्तर्गतको सीबीडीसी डिभिजनले बिहीबार सरोकारवालासँग परामर्श कार्यशाला आयोजना गरेको थियो । कार्यशालामा सीबीडीसीको प्राविधिक संरचना, नीतिगत व्यवस्था, सुरक्षा, गोपनीयता, वित्तीय समावेशिता र कार्यान्वयनका सम्भावित चुनौतीबारे छलफल भएको हो ।

गभर्नर पौडेलले सीबीडीसीको डिजाइन, विभिन्न भुक्तानी प्रणालीबीचको अन्तर–आबद्धता, साइबर सुरक्षा, वित्तीय समावेशिता तथा मौद्रिक सार्वभौमिकतामा पर्न सक्ने प्रभावको विस्तृत अध्ययनपछि मात्रै अघि बढ्नुपर्ने बताएका छन् ।

राष्ट्र बैंकले २०२१ देखि गर्दैछ सीबीडीसीको अध्ययन

राष्ट्र बैंकले सन् २०२१/२२ देखि नै सीबीडीसीको सम्भावनाबारे अध्ययन गर्दै आएको छ । सन् २०२२ मा यससम्बन्धी अवधारणा प्रतिवेदनसमेत सार्वजनिक गरिएको थियो ।

त्यसपछि सन् २०२३ मा छुट्टै सीबीडीसी महाशाखा स्थापना गरेर अध्ययनलाई संस्थागत रूपमा अघि बढाइएको थियो । राष्ट्र बैंकले सन् २०२४ मा सीबीडीसीको प्रोटोटाइप विकास गरिसकेको छ ।

पछिल्लो चरणमा सन् २०२६ को जुनमा राष्ट्र बैंकका विभिन्न विभागका प्रतिनिधि सम्मिलित विस्तृत अध्ययन कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले तथ्यमा आधारित प्रतिवेदन तयार गर्ने काम गरिरहेको राष्ट्र बैंकले जनाएको छ ।

सीबीडीसीसम्बन्धी अध्ययनका क्रममा राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट समेत विभिन्न चरणमा प्राविधिक सहयोग लिँदै आएको छ ।

राष्ट्र बैंकले सीबीडीसीलाई केन्द्रीय बैंकले डिजिटल रूपमा जारी गर्ने मुद्रा भनेको छ । यसको मूल्य नेपाली रुपैयाँसँग बराबर रहनेछ भने भौतिक नोट तथा सिक्काजस्तै कानुनी मान्यता रहने अवधारणा छ ।

यो निजी क्षेत्रबाट जारी हुने बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी वा स्टेबलकोइनभन्दा फरक हुनेछ । राष्ट्र बैंकका अनुसार यसको उद्देश्य विद्यमान बैंकिङ प्रणालीलाई विस्थापित गर्नु नभई डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, प्रभावकारी र समावेशी बनाउनु हो ।

साइबर सुरक्षा र गोपनीयता मुख्य चुनौती

सीबीडीसी कार्यान्वयनमा ल्याउनुअघि यसको प्राविधिक संरचनासँगै साइबर सुरक्षा र प्रयोगकर्ताको गोपनीयतालाई मुख्य विषयका रूपमा हेरिएको छ ।

कार्यशालामा सहभागी विज्ञ तथा सरोकारवालाले साइबर सुरक्षा, व्यक्तिगत गोपनीयता, वित्तीय प्रणालीको स्थिरता र सीबीडीसी कार्यान्वयनका चुनौतीबारे सुझाव दिएका छन् ।

भुक्तानी प्रणाली विभागका कायम मुकायम निर्देशक प्रल्हाद गिरीले नेपालमा सीबीडीसीको सम्भावित प्रयोग क्षेत्र र यसको अवधारणा प्रमाणीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । विज्ञ हरप्रीत सिंह मानले ब्लकचेन तथा टोकेनाइजेसनको सन्दर्भमा सीबीडीसीको महत्वबारे प्रस्तुति दिएका थिए ।

कार्यशालामा वाणिज्य तथा विकास बैंक, भुक्तानी सेवा प्रदायक, प्रविधि विज्ञ तथा सरकारी निकायका प्रतिनिधिको सहभागिता थियो ।

तर राष्ट्र बैंकले सीबीडीसी जारी गर्ने विषयमा अहिलेसम्म कुनै अन्तिम निर्णय नभएको स्पष्ट पारेको छ । सम्भावना र जोखिमको पूर्ण विश्लेषण गरेपछि मात्रै सर्वसाधारणको विश्वास, वित्तीय स्थिरता र गोपनीयतालाई सुनिश्चित गर्ने गरी आवश्यक निर्णय लिइने राष्ट्र बैंकले जनाएको छ ।

यसले नेपालमा सीबीडीसी तत्कालै चलनमा ल्याउनेभन्दा अहिले यसको प्राविधिक क्षमता, आर्थिक प्रभाव, सुरक्षा जोखिम र व्यवहारिक सम्भावनाको परीक्षण भइरहेको देखाउँछ । कार्यदल र सरोकारवाला परामर्शबाट प्राप्त सुझावलाई आगामी नीतिगत तयारीको आधार बनाउने राष्ट्र बैंकको तयारी छ ।

2