Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कुमारी बैंकको क्यूआर भुक्तानीमा नगद पुरस्कार

अ+ अ-

काठमाडौं । कुमारी बैंकका ग्राहकले क्यूआरमार्फत भुक्तानी गर्दा नेपाल सरकारको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत हुने दैनिक तथा बम्पर लक्की ड्रमा स्वतः सहभागी हुन पाउने भएका छन्।

कुमारी बैंकले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा थपेको हो।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यो कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता बढाउने लक्ष्य राखेको छ।

बैंकका अनुसार कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गरेमा योग्य कारोबारका आधारमा पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्।

ग्राहकले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमा रहेको आईआरडी प्रोत्साहन कार्यक्रम मेनुमार्फत आफ्नो योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कारको अवस्था हेर्न सक्ने बैंकले जनाएको छ।

आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट हुने दैनिक लक्की ड्रमा एक जना ग्राहकले कर कट्टीपछि १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। त्यस्तै, प्रत्येक १५ दिनमा हुने बम्पर लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन्।

बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन र प्राप्त बिल सुरक्षित राख्न आग्रह गरेको छ। साथै, कुमारी स्मार्ट एपमा रहेको आईआरडी प्रोत्साहन कार्यक्रममार्फत आफ्नो कारोबार पुरस्कारका लागि योग्य भए नभएको नियमित जाँच गर्न बैंकले अनुरोध गरेको छ।

कुमारी बैंकले यो अभियानले डिजिटल भुक्तानीको विस्तारसँगै नगदरहित कारोबार, कर अनुपालन र वित्तीय पारदर्शिता बढाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

विगत २५ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ।

2