Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विशेष छुट
A A+ A-

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरी आफ्ना ग्राहकलाई विशेष छुट उपलब्ध गराउने भएको छ।

बैंकले ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले सम्बन्धित संस्थासँग सहकार्य गरेको जनाएको छ। सम्झौतापछि बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार यस्तो सहकार्यबाट ग्राहकले दैनिक जीवनसँग सम्बन्धित विभिन्न सेवामा प्रत्यक्ष लाभ लिन सक्नेछन्। बैंकले वित्तीय सेवासँगै ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले यस्ता संस्थासँगको सहकार्यलाई अघि बढाउँदै आएको जनाएको छ।

महालक्ष्मी विकास बैंकले विगत ३२ वर्षदेखि नेपाली जनताको घरदैलोमा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

यसै क्रममा बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार डिजिटल बैंकिङ सेवालाई थप सहज र ग्राहकमैत्री बनाउने उद्देश्यले डिजिटल हब सञ्चालनमा ल्याइएको हो।

2