काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले पोखरास्थित बरपिपल रिसोर्टमा खाना, आवास तथा स्पा सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंक र रिसोर्टबीच भएको सम्झौताअनुसार ग्राहकले उक्त छुट सुविधा लिन सक्नेछन्। साथै, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि आवाससहित बिहानको खाना, दिउँसोको खाना र रातिको खाना निःशुल्क उपलब्ध गराइनेछ।
छुट तथा सुविधा लिन ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रयोग गर्नुपर्नेछ। मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा पनि यो सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
यसैबीच, बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा लगानी गर्न सकिने अटोलोनसमेत सञ्चालनमा ल्याएको जनाएको छ।
