Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कृषि विकास बैंकले पूर्व कर्मचारीका लागि स्वास्थ्य बीमा ल्यायो

अ+ अ-

काठमाडौं । कृषि विकास बैंकले आफ्ना पूर्व कर्मचारीलाई लक्षित गर्दै सामूहिक स्वास्थ्य बीमा योजना सञ्चालन गर्ने भएको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले सूचना जारी गर्दै एक वर्षका लागि प्रतिव्यक्ति १ लाख रुपैयाँको बीमाङ्क रहने स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन योग्य पूर्व कर्मचारीबाट आवेदन माग गरेको हो।

बैंकका अनुसार योजनामा सहभागी हुन इच्छुक पूर्व कर्मचारीले आगामी कार्तिक १५ गतेभित्र आवेदन दिनुपर्नेछ। आवेदन आफू बसोबास गर्ने स्थान वा पायक पर्ने कृषि विकास बैंकको नजिकको कार्यालयमा पुगेर बुझाउन सकिनेछ।

बीमा योजनामा बैंकमा कम्तीमा १५ वर्ष स्थायी, अस्थायी, मासिक पारिश्रमिक वा करार सेवामा काम गरेका र ७० वर्ष उमेर ननाघेका पूर्व कर्मचारी सहभागी हुन सक्नेछन्।

तर, कर्मचारी सेवा विनियमावलीको परिच्छेद ७ बमोजिम सजाय पाएर बर्खास्त भएका तथा अदालतबाट दोषी ठहर भई सजाय पाएका पूर्व कर्मचारी भने योजनामा सहभागी हुन पाउने छैनन्।

आवेदनका लागि बैंकले जारी गरेको पूर्व कर्मचारी परिचयपत्र वा पूर्व कर्मचारी भएको प्रमाण खुल्ने पत्र र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा बुझाउनुपर्ने बैंकले जनाएको छ।

2