Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

इसेवाले थप्यो होटल बुकिङ सेवा, २ हजारभन्दा बढी होटलहरू एउटै प्लेटफर्ममा

इसेवाले थप्यो होटल बुकिङ सेवा, २ हजारभन्दा बढी होटलहरू एउटै प्लेटफर्ममा
अ+ अ-

काठमाडौं। इसेवामार्फत अब सजिलै होटल बुकिङ गर्न सकिने भएको छ। इसेवा एपमा होटल बुकिङ पनि थप गरिएसँगै होटल खोज्न र बुकिङका लागि फोन गर्नुपर्ने, वेबसाइट चहार्नुपर्ने झन्झट हटेको कम्पनीले जनाएको छ।

इसेवाले वेबसाइट र मोबाइल एपमार्फत सहजै आफ्नो आवश्यकतानुसार होटल बुकिङ गर्न मिल्ने गरी सेवा संचालन गरेको जानकारी दिएको छ। इसेवाले देशभर रहेका २ हजारभन्दा बढी होटलहरूलाई एउटै प्लेटफर्ममा ल्याएको छ।

‘अहिलेसम्म मोबाइल रिचार्ज, बिजुली/पानीको बिल तिर्नेदेखि सरकारी सेवा शुल्क तिर्ने सम्मका कामलाई सहज बनाउँदै आएको इसेवाले अब घुमघाम, व्यावसायिक यात्रा वा पारिवारिक कार्यक्रमका लागि होटल बुकिङ पनि सहज बनाएको छ,’ इसेवाले भनेको छ।

इसेवामार्फत होटल बुक गर्नका लागि एप खोली ‘होटल्स’मा ट्याप गर्नुपर्छ। त्यसपछि गन्तव्य र प्रस्थान मिति चयन गर्ने अप्सन आउँछ। उपलब्ध रहेका होटलहरूबाट आफूलाई उपयुक्त होटल रोज्नुपर्छ। सम्पूर्ण विवरण भरेर बुकिङ कन्फर्म गरेपछि वालेटबाट सहजै भुक्तानी गर्न मिल्छ।

बुकिङ भएको वा नभएको सम्बन्धी सबै जानकारी तुरुन्तै प्रयोगकर्ताको मोबाइलमै आउँछ। यो सेवाबाट सस्तो होटलदेखि सुविधासम्पन्न तारे होटलसम्म छनोट गर्न सकिने कम्पनीले जनाएको छ।

2