काठमाडौं। नेपालका २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्ना कर्मचारीको तलबमा कुल ७३ अर्ब ३६ करोड ५८ लाख रुपैयाँ खर्च गरेका छन्।
यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ७.२३ प्रतिशत अर्थात् ४ अर्ब ९५ करोड १४ लाख रुपैयाँ बढी हो। अघिल्लो वर्ष बैंकहरूले कर्मचारी तलबमा ६८ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ खर्च गरेका थिए।
समीक्षा अवधिमा २० मध्ये १७ बैंकको कर्मचारी तलब खर्च बढेको छ भने तीन बैंकको घटेको छ। तलबमा सबैभन्दा धेरै खर्च गर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक हो। बैंकले गत वर्ष कर्मचारीलाई तलबबापत ५ अर्ब ४८ करोड ५६ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ। अघिल्लो वर्षको ४ अर्ब ८० करोड १५ लाख ३० हजार रुपैयाँको तुलनामा यो १४.२४ प्रतिशत अर्थात् ६८ करोड ४० लाख रुपैयाँ बढी हो।
कर्मचारी तलब खर्च वृद्धिदरका आधारमा सिटिजन्स बैंक अगाडि देखिएको छ। बैंकको तलब खर्च २०.१२ प्रतिशत अर्थात् ४० करोड ९६ लाख रुपैयाँ बढेर २ अर्ब ४४ करोड ५३ लाख ३१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ३ करोड ५६ लाख ५१ हजार रुपैयाँ खर्च गरेको थियो।
नेपाल बैंकको कर्मचारी तलब खर्च १६.५४ प्रतिशत अर्थात् ६३ करोड ८८ लाख रुपैयाँ बढेर ४ अर्ब ४९ करोड ९१ लाख ९६ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, कुमारी बैंकको खर्च १३.४७ प्रतिशत अर्थात् ५८ करोड १० लाख रुपैयाँ बढेर ४ अर्ब ८९ करोड २० लाख ९८ हजार रुपैयाँ पुगेको छ।
सानिमा बैंकले कर्मचारी तलबमा १४.०५ प्रतिशत अर्थात् २६ करोड १३ लाख रुपैयाँ बढी खर्च गरेको छ। बैंकको तलब खर्च २ अर्ब २६ करोड ३० लाख १७ हजार रुपैयाँ पुगेको छ।
माछापुच्छ्रे बैंकको कर्मचारी तलब खर्च १०.२६ प्रतिशत अर्थात् २५ करोड ३१ लाख रुपैयाँ बढेर २ अर्ब ७१ करोड ८९ लाख ३४ हजार रुपैयाँ पुगेको छ। नेपाल एसबिआई बैंकको खर्च १०.१६ प्रतिशत अर्थात् २० करोड १५ लाख रुपैयाँ बढेर २ अर्ब १८ करोड ४८ लाख १० हजार रुपैयाँ पुगेको छ।
लक्ष्मी सनराइज बैंकले कर्मचारी तलबमा ९.५८ प्रतिशत अर्थात् ४७ करोड ६ लाख रुपैयाँ बढी खर्च गरेको छ। बैंकको कुल तलब खर्च ५ अर्ब ३८ करोड २४ लाख ४ हजार रुपैयाँ पुगेको छ। सिद्धार्थ बैंकको खर्च ९.०१ प्रतिशत अर्थात् २९ करोड २१ लाख रुपैयाँ बढेर ३ अर्ब ५३ करोड २३ लाख ३६ हजार रुपैयाँ पुगेको छ।
कृषि विकास बैंकको कर्मचारी तलब खर्च ८.११ प्रतिशत अर्थात् ३३ करोड ८३ लाख रुपैयाँ बढेर ४ अर्ब ५० करोड ८५ लाख ७८ हजार रुपैयाँ पुगेको छ। ग्लोबल आइएमई बैंकले ७.८६ प्रतिशत अर्थात् ३६ करोड ८९ लाख रुपैयाँ बढी खर्च गर्दै ५ अर्ब ६ करोड ४ लाख ७३ हजार रुपैयाँ तलबमा भुक्तानी गरेको छ।
एभरेष्ट बैंकको तलब खर्च ७.८३ प्रतिशत अर्थात् २० करोड ६८ लाख रुपैयाँ बढेर २ अर्ब ८४ करोड ७३ लाख २२ हजार रुपैयाँ पुगेको छ। हिमालयन बैंकको खर्च ६.९५ प्रतिशत अर्थात् २३ करोड ७९ लाख रुपैयाँ बढेर ३ अर्ब ६५ करोड ६३ लाख ७३ हजार रुपैयाँ पुगेको छ।
प्राइम बैंकले कर्मचारी तलबमा ६.८० प्रतिशत अर्थात् १५ करोड ६० लाख रुपैयाँ बढी खर्च गरेको छ। बैंकको कुल तलब खर्च २ अर्ब ४४ करोड ९९ लाख १० हजार रुपैयाँ पुगेको छ। नबिल बैंकको खर्च ५.३४ प्रतिशत अर्थात् २७ करोड रुपैयाँ बढेर ५ अर्ब ३१ करोड ८९ लाख ९३ हजार रुपैयाँ पुगेको छ।
प्रभु बैंकको कर्मचारी तलब खर्च १.०३ प्रतिशत अर्थात् ४ करोड २७ लाख रुपैयाँ बढेर ४ अर्ब १७ करोड २६ लाख ४७ हजार रुपैयाँ पुगेको छ। एनएमबि बैंकको खर्च भने ०.२९ प्रतिशत अर्थात् ८९ लाख रुपैयाँ बढेर ३ अर्ब ५ करोड १५ लाख ३७ हजार रुपैयाँ पुगेको छ।
तीन बैंकको तलब खर्च घट्यो
गत आर्थिक वर्ष तीन वाणिज्य बैंकको कर्मचारी तलब खर्च घटेको छ। यसमा एनआइसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र स्ट्याण्डर्ड चार्टर्ड बैंक छन्।
एनआइसी एशिया बैंकको कर्मचारी तलब खर्च ७.८५ प्रतिशत अर्थात् १० करोड रुपैयाँ घटेर ३ अर्ब ५२ करोड २ लाख २६ हजार रुपैयाँमा झरेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को तलब खर्च ३.७६ प्रतिशत अर्थात् १५ करोड ६ लाख रुपैयाँ घटेर ३ अर्ब ८४ करोड ५८ लाख ५१ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्मचारी तलब खर्च १.२९ प्रतिशत अर्थात् २ करोड १ लाख रुपैयाँ घटेर १ अर्ब ५३ करोड १ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ।
समग्रमा बैंकिङ क्षेत्रको कर्मचारी तलब खर्चमा भएको वृद्धि बैंकहरूको सञ्चालन लागतमा कर्मचारी खर्चको हिस्सा अझै महत्वपूर्ण रहेको देखाउने सूचक हो। २० बैंकले एक वर्षमै कर्मचारीको तलबमा गरेको कुल खर्च ७३ अर्ब रुपैयाँ नाघ्नुले बैंकिङ क्षेत्रमा मानव संसाधनमा हुने वार्षिक वित्तीय भारको आकारसमेत स्पष्ट पार्छ।
