Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नाडा अटो शोमा नेपाल बैंकको आकर्षक अफर

अ+ अ-

काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै नयाँ अटो लोन योजना सार्वजनिक गरेको छ।

भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा नयाँ निजी तथा व्यावसायिक सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै बैंकले विशेष योजना ल्याएको हो।

योजनाअन्तर्गत नेपाल बैंकबाट कर्जा लिएर जुनसुकै ब्रान्डका नयाँ सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत थप गरी कायम हुने ब्याजदरमा कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ।

बैंकका अनुसार विद्युतीय तथा अन्य सबै प्रकारका नयाँ निजी र व्यावसायिक सवारीसाधन खरिदका लागि उक्त कर्जा सुविधा लिन सकिनेछ।

कर्जामा प्रशासनिक शुल्कबापत ०.५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने बैंकले जनाएको छ।

त्यसैगरी, कर्जा लिने ग्राहकले कुनै अतिरिक्त शुल्कबिना ३ लाख रुपैयाँसम्मको आजीवन क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन्।

नेपाल बैंकले नाडा अटो शोमा सहभागी ग्राहक तथा सर्वसाधारणलाई नजिकैको शाखामा सम्पर्क गरी बैंकका सवारी कर्जा तथा अन्य वित्तीय सेवाबारे जानकारी लिन आग्रह गरेको छ।

2