Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

सामाजिक सुरक्षा कोषबाट चौध अर्ब बयासी करोड भुक्तानी

सामाजिक सुरक्षा कोषबाट चौध अर्ब बयासी करोड भुक्तानी
A A+ A-

काठमाडौँ- सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत १४ अर्ब ८२ करोड रुपियाँभन्दा बढी भुक्तानी गरेको छ ।

योगदानमा आधारित सुरक्षा योजना लागु गरेको साढे छ वर्षको अवधिमा ८१ अर्ब १९ करोड सङ्कलन गरेको कोषले विभिन्न चार वटा योजनाका लागि कोषमा सङ्कलित रकमको १५ प्रतिशत भुक्तानी गरेको हो । यो २०७६ साउनदेखि २०८२ जेठ १६ सम्म सो बराबरको रकम दाबी भुक्तानी गरेको कोषले जनाएको छ ।

सामाजिक सुरक्षा कोषका अनुसार सुरक्षा योजना अन्तर्गतका विभिन्न श्रमिक तथा उनीहरूका परिवारलाई दिएको भुक्तानीमा १४ अर्ब ८२ करोड रुपियाँ खर्च भएको छ । कोषले विभिन्न चार योजनामा यस्तो भुक्तानी दिने गरेको छ ।

कोषका निर्देशक प्रवक्ता कृष्ण अधिकारीले कोषमा सङ्कलन भएको रकमबाट माग दाबी अनुसार योगदानकर्ताको योगदानका आधारमा रकम भुक्तानी भएको बताउनुभयो ।

जसमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत एक लाख तीन हजार ८०६ जनाले एक अर्ब ९७ करोड ६३ लाख ८६ हजार ४९० रुपियाँ भुक्तानी लिएका छन् । दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत पाँच हजार ५५२ जनाले १९ करोड ३३ लाख १७ हजार ९४८ रुपियाँ भुक्तानी लिएका छन् । आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ७१७ जनाले २४ करोड १२ लाख, ७५ हजार ८७४ रुपियाँ रकम भुक्तानी लिएका छन् । त्यसै गरी वृद्धवस्था सुरक्षा योजना अन्तर्गत एक लाख आठ हजार ६३८ जनालाई १२ अर्ब ४१ करोड ८८ लाख ७९ हजार ७०५ रुपियाँ भुक्तानी गरेको कोषले जनाएको छ ।

2