Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

विद्युत् र सिँचाइका लागि विश्व बैङ्कले ऋण दिने

विद्युत् र सिँचाइका लागि विश्व बैङ्कले ऋण दिने
A A+ A-

काठमाडौँ – विश्व बैङ्कले नेपालका दुई परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको छ । बैङ्कले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति प्रणाली सुधार र रानीजमरा–कुलरिया सिँचाइ आयोजनाका लागि यो ऋण स्वीकृत गरेको जानकारी गराएको हो ।

विद्युत् आपूर्ति प्रणाली सुधारका लागि १२ करोड अमेरिकी डलर ऋण दिन लागिएको हो । सन् २०३० सम्मका लागि उपलब्ध भनिएको यो ऋणबाट कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण प्रणाली सुधार गरिने छ । नेपाल विद्युत् प्राधिकरणले कार्यान्वयन गर्ने यो परियोजनामा वितरण सबस्टेसन निर्माण, विद्यमान वितरण सञ्जालको स्तरवृद्धि, निगरानीको स्वचालित प्रणाली जडानलगायतका कार्य हुने जनाइएको छ ।

रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरण कार्यान्वयनका लागि विश्व बैङ्कले १३ करोड ७० लाख ऋण स्वीकृत गरेको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा बर्सैभरि सिँचाइ सुविधा उपलब्ध गराई कृषि उपजको उत्पादन वृद्धि गर्ने लक्ष्य यो परियोजनाले राखेको छ । यो परियोजनाबाट थप १७ हजार पाँच सय हेक्टर जमिनमा वर्षभर सिँचाइ सुविधा पु¥याइने र यसबाट करिब एक लाख ६० हजार मानिस लाभान्वित हुने अपेक्षा छ । यी परियोजना कार्यान्वयनबाट अवरोधरहित विद्युत् आपूर्ति र वर्षभरको सिँचाइ सुविधा प्राप्त हुँदा नेपालको दिगो विकासमा थप योगदान पुग्ने अपेक्षा विश्व बैङ्कले गरेको छ ।

2