Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

राजनीतिक पहुँचमा बनेका आयोजना बढी अलपत्र

अ+ अ-

काठमाडौं । नेपालमा विकास आयोजना छनोटदेखि कार्यान्वयनसम्म राजनीतिक दबाब र पहुँचको प्रभाव देखिने गरेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल बताउँछन्। उनका अनुसार वास्तविक आवश्यकता र विस्तृत अध्ययनका आधारमा अघि बढाइएका आयोजना तुलनात्मक रूपमा कम अलपत्र पर्छन्।

तर फिजिबिलिटी अध्ययनबिनै हचुवाका भरमा अघि बढाइएका आयोजनाले राज्यको ठूलो लगानी जोखिममा पार्ने गरेका छन्। आयोजना निर्माणअघि आर्थिक, सामाजिक, वातावरणीय र प्राविधिक पक्षको अध्ययनसँगै सम्भावित जोखिमको पूर्वानुमान गर्नुपर्ने उनको जोड छ। डा. गोविन्दराज पोखरेलसँगको कुराकानी ।

नेपालमा आयोजना आवश्यक भएरै अघि बढाइन्छन् कि राजनीतिक दबाब र पहुँचका भरमा अघि बढाइन्छन्?

कतिपय आयोजना आवश्यकताका आधारमा पनि बन्छन् भने कतिपय राजनीतिक पहुँच र दबाबमा अघि बढाइएका हुन्छन्। फास्ट ट्र्याक आवश्यकताले नै सुरु भएको आयोजना हो। तर विभिन्न तहको स्वार्थ बाझिँदा त्यसमा ढिलाइ भइरहेको छ। आयोजनाका लागि दबाब दिने शक्ति सरकारबाहिर पुगेपछि त्यस्ता आयोजना अलपत्र पर्ने गरेका पनि देखिन्छन्। कतिपय स्थानमा स्थानीय विवादले पनि आयोजना अलपत्र परिरहेका हुन्छन्। समयमा निर्माण सामग्री नपाउने, वनले रुख कटानको अनुमति समयमै नदिनेलगायत अनेकौँ कारणले पनि आयोजना अल्झिरहेका हुन्छन्।

कतिपय आयोजना निर्माण सम्पन्न भइसकेपछि र कतिपय निर्माण अवधिमै अलपत्र पर्ने अवस्था किन आउँछ?

उपादेयता र आवश्यकताका आधारमा अघि बढाइएका आयोजना खासै अलपत्र परेका देखिँदैनन्। आर्थिक, सामाजिक, वातावरणीय र प्राविधिकलगायत पक्षमा विस्तृत अध्ययन गरी उपादेयताका आधारमा अघि बढाइएका आयोजना अलपत्र पर्नु पनि हुँदैन। समस्या फिजिबिलिटी अध्ययन नगरी हचुवाका भरमा अघि बढाइएका आयोजनामा बढी देखिन्छ।

तत्कालीन सरकारको १६५ निर्वाचन क्षेत्रमा अस्पताल निर्माण गर्ने योजना पनि यसको उदाहरण हो?

तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा एकसाथ १६५ निर्वाचन क्षेत्रमा अस्पताल निर्माणको भर्चुअल शिलान्यास गरियो। तर काम भने कत्ति पनि अघि बढेन। त्यसको साटो हरेक जिल्ला अस्पताललाई नै थोरै मात्र स्तरोन्नति गरिदिएको भए जिल्लाभरका नागरिकले थप प्रभावकारी स्वास्थ्य सेवा पाउने थिए। त्यसैले फिजिबिलिटी अध्ययन नगरी हचुवाका भरमा अघि बढाइएका आयोजनाचाहिँ प्रायः अलपत्र परेका देखिन्छन्।

आयोजना समयमै सम्पन्न गर्न सरकारले के कुरामा विशेष ध्यान दिनुपर्छ?

कुनै पनि आयोजना उपादेयताका आधारमा अघि बढेको हुनुपर्छ। आयोजनाको आर्थिक, सामाजिक, वातावरणीय तथा प्राविधिक पक्षबारे सूक्ष्म अध्ययन गरिएको हुनुपर्छ। त्यससँगै आयोजनामा आउन सक्ने जोखिमको पनि पूर्वानुमान गर्नुपर्छ। यी पक्षको पर्याप्त अध्ययन नगरी आयोजना अघि बढाउँदा पछि समस्या आउने सम्भावना धेरै हुन्छ।

आयोजना सम्पन्न भएपछि सञ्चालनमा आउने वातावरण बनाउन के गर्नुपर्छ?

आयोजना निर्माणअघि नै त्यसको सञ्चालन र दीर्घकालीन उपयोगबारे स्पष्ट योजना बनाउनुपर्छ। आयोजना बनाउने मात्र होइन, त्यसबाट अपेक्षित लाभ कसरी प्राप्त गर्ने भन्ने पनि सुनिश्चित हुनुपर्छ। आर्थिक, सामाजिक, वातावरणीय र प्राविधिक पक्षको अध्ययन तथा जोखिम पूर्वानुमान गरेर आयोजना अघि बढाउनुपर्छ। अन्यथा, कनिकुथी जम्मा गरिएको राजस्व खेर जाने सम्भावना प्रबल हुन्छ।

2