Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सात वर्षमा तीन खर्ब अठसट्ठी अर्ब उपलब्ध गराउने

सात वर्षमा तीन खर्ब अठसट्ठी अर्ब उपलब्ध गराउने
अ+ अ-

काठमाडौँ- विश्व बैङ्कले आगामी सात वर्षमा नेपाललाई करिब तीन खर्ब ६८ अर्ब रुपियाँ अर्थात् दुई अर्ब ७० करोड अमेरिकी डलर सहायता उपलब्ध गराउने भएको छ । विश्व बैङ्कको कार्यकारी निर्देशकको बोर्ड बैठकले नेपालसम्बन्धी नयाँ नेपाल साझेदारी कार्यढाँचा (कन्ट्री पार्टनरसिप फ्रेमवर्क सिपिएफ) उपर छलफल गर्दै सो बराबरको सहायता उपलब्ध गराउने लक्ष्य राखेको हो ।

नेपालसम्बन्धी नयाँ सिपिएफले मुख्य रूपमा रोजगारी सिर्जना र जलवायु परिवर्तनसँग सम्बन्धित प्राकृतिक विपत्तिमा उत्थानशीलता विकास गर्ने विषयलाई प्राथमिकतामा राखेको विश्व बैङ्कले जनाएको छ । सिपिएफ अन्तर्गत नेपाललाई उपलब्ध गराइने सहायता पनि यिनै प्राथमिकता र सेवाको पहुँचका लागि सञ्जाल निर्माणलगायतका काममा गरिने बैङ्कले उल्लेख गरेको छ । तत्कालका लागि भने बैङ्कले विकासका लागि नीतिगत सुधार, पर्यटन, डिजिटल सञ्जाल र एकीकृत सहरी विकासलाई प्राथमिकता दिने जनाएको छ जसलाई रोजगारी सिर्जना र आर्थिक वृद्धिको ‘इन्जिन’ भनेर सङ्केत गरिएको छ । सिपिएफ विश्व बैङ्क समूह र नेपालको ६० वर्षभन्दा लामो साझेदारीमा आधारित रहेको र यसले निजी क्षेत्रसमेतको सहकार्यमा आर्थिक वृद्धिलाई अगाडि बढाउने नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले बताउनुभयो । “रोजगारी सिर्जना हाम्रो मुख्य उद्देश्य मात्र नभई नेपालको दिगो र उत्थानशील विकासको आधार पनि हो,” उहाँले भन्नुभयो ।

सिपिएफले निजी क्षेत्रको लगानी विस्तार गर्ने र व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने अन्तर्राष्ट्रिय वित्त निगमको दक्षिण एसियाका लागि क्षेत्रीय निर्देशक इमाद एन फखौरीले बताउनुभयो । “हामी नेपाललाई धेरै र राम्रो रोजगारी सिर्जना, विपत् उत्कृष्ट तयारी गर्न र आन्तरिक एवं बाह्य निजी पुँजीको परिचालनमार्फत दिगो भविष्य निर्माणमा सहयोग पु¥याउँछौँ,” उहाँले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगले तयार गरेको १६ औँ आवधिक योजनामा आधारित रहेर नयाँ सिपिएफ तयार गरिएको विश्व बैङ्कले जनाएको छ । नयाँ सिपिएफ अन्तर्गत निजी क्षेत्रको नेतृत्वमा हुने विकास र लगानीमा सुधारमार्फत थप लगानीमैत्री वातावरण निर्माण समावेश हुने बैङ्कले जनाएको छ ।

2