Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेटवार्ता

मन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेटवार्ता
अ+ अ-

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत युसुफ अब्देलघानीले मङ्गलबार शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री भण्डारीले सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र जोर्डनबिच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र राजदूत घानीको कार्यकालमा थप प्रगाढ हुने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले नेपाल र जोर्डनबिच भइरहेको सीमित व्यापार र नेपालको व्यापार घाटाका विषय उल्लेख गर्दै भविष्यमा व्यापार तथा लगानी बढाउन नेपालबाट कृषिजन्य वस्तुहरू निर्यात गर्ने र जोर्डनबाट मल आयात गर्न सकिने विषयमा सहकार्य हुन सक्ने विचार व्यक्त गर्नुभयो ।

साथै, सन् २०२६ सम्म नेपाल अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने तयारी भइरहेकाले नेपालमा विदेशी लगानीको प्रचुर सम्भावना रहेको र नेपाल सरकारले लगानी प्रवर्द्धनका लागि विभिन्न नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गरी लगानीमैत्री वातावरण निर्माण गरेको उल्लेख गर्दै जोर्डनबाट नेपालमा थप लगानी भित्र्याउन आह्वान गर्नुभयो ।

नेपालले हालै मात्र सफलतापूर्वक सगरमाथा संवाद सम्पन्न गरेको विषय उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले सो संवादको मुख्य सन्देश विश्वव्यापी साझा वस्तुको संरक्षणका लागि सबैको सामूहिक कार्य जरुरी रहेको र जोर्डनको यो एक प्राथमिकताको क्षेत्र भएकाले दुई देशबिच यो विषयमा सहकार्य र सहयोग हुनेसक्ने बताउनुभयो ।

छलफलका क्रममा नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत अब्देलघानीले नेपाल र जोर्डनबिच धेरै आयाममा समानता रहेको र आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्धमा बलियो बनाउन प्रयास गर्ने बताउनुभयो । दुई देशबिच कूटनीतिक, व्यापारिक तथा लगानी सम्बन्धलाई थप प्रगाढ बनाउन सरकारी र व्यापारिक प्रतिनिधिबीच आदानप्रदान भ्रमणहरू, सांस्कृतिक भ्रमण आदानप्रदान, व्यापार तथा लगानी प्रवर्द्धनका लागि संयुक्त समितिको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको लागि जोर्डन श्रम बजारको एक प्रमुख गन्तव्य हुनसक्ने आँकलन गरी निर्माण उद्योग, तयारी पोसाकलगायत क्षेत्रमा प्रचुर सम्भावना रहेकोसमेत औँल्याउनुभयो ।

दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाइराख्न मन्त्रालयले पूर्णरूपमा सहयोग गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन र व्यापार तथा लगानीको दायरा बढाउन राजदूत घानीको महत्त्वपूर्ण भूमिका रहने अपेक्षा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

2