Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

पोखरा महानगरले थाल्यो राहत सङ्कलन अभियान

पोखरा महानगरले थाल्यो राहत सङ्कलन अभियान
अ+ अ-

गण्डकी। रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनः स्थापनाका लागि पोखरा महानगरपालिकाले राहत सहयोग अभियान सञ्चालन गर्ने भएको छ ।

बाढी प्रभावितहरूका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधिलगायत सामग्री सङ्कलनका लागि राहत अभियान सञ्चालन गर्न लागिएको हो । एकद्वार प्रणालीमार्फत राहत सङ्कलन तथा वितरण गरिने महानगरले जनाएको छ ।

नगरप्रमुख धनराज आचार्यका अनुसार आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा राहत सामग्री सङ्कलन कक्ष सञ्चालन गरिनेछ । इच्छुक सङ्घसंस्था र व्यक्तिलाई उक्त केन्द्रमा ल्याई राहत सामग्री सहयोग गर्न महानगरले सार्वजनिक रूपमा आह्वानसमेत गरेको छ ।

सङ्कलित राहत सामग्री सम्बन्धित निकायसँगको समन्वयमा आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रमा एकद्वार प्रणालीमार्फत पारदर्शी रूपमा वितरण गरिने बताइएको छ ।

महानगरले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु ४५ लाख सहयोग गरेको थियो । अत्यावश्यक राहत सामग्रीसहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली बाढी प्रभावित क्षेत्रमा पठाएको थियो ।

2