काठमाडौं। छिमेकी भारतले पठाएको चौथो चरणको राहत सामग्रीसहित प्राविधिक टोली आइतबार नेपाल आइपुगेको छ।
भारतको विदेश मन्त्रालयका अनुसार भारत सरकारले पठाएको चौथो चरणको राहत सामग्री आइतबार बिहान नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।
मन्त्रालयले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार राहत सामग्रीमा कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइसम्बन्धी सामग्री छन्।
राहत सामग्रीसँगै भारतबाट खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहितको सुरुङ प्राविधिक टोली र डीएनए परीक्षणका लागि फरेन्सिक विज्ञहरूको टोली पनि नेपाल आएको मन्त्रालयले जनाएको छ।
