udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै

उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
A A+ A-

चितवन। पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन्।

उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी सिलिन्डर ल्याउन अनुमति दिएपछि सोहीअनुसार उद्योगीहरू लागेका हुन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वअध्यक्ष गोकुल भण्डारी, सदस्य विमल कालाखेतीलगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानीलाई सहज बनाउन लागेका हुन्। सङ्घका पूर्वअध्यक्ष भण्डारीका अनुसार सङ्घीय राजधानी बाहिरका उद्योगमा खाली सिलिन्डर कम छ। सङ्घीय राजधानीमा खालि भएका सिलिण्डरलाई ट्रकमा राखेर उद्योगसम्म ल्याउनु पर्ने हुन्छ। तीनै ट्रकमार्फत भरेका सिलिन्डर उपत्यका लैजानुपर्ने हुन्छ।

नेपाल ग्यासका सञ्चालक रहेका भण्डारीका अनुसार उनको उद्योगको सिलिन्डर चितवनमा रहेको नेपाल ग्यास गण्डकीमा ‘बोटलिङ’ गर्ने काम भइरहेको छ। सिलिण्डरको अभावमा मागअनुसार भर्न सकिएको छैन। नेपाल ग्यासले उपत्यकामा दैनिक ११ हजार सिलिन्डर बिक्री गर्दै आएको छ। उनका अनुसार केही दिन भित्रमानै आठदेखि १० हजार शिलिण्डर दैनिक काठमाडौँ लैजाने गरी तयारी गरिएको छ।

सङ्घका सदस्य विमल कालाखेतीका अनुसार अन्य उद्योगले पनि ट्रकमा खालि सिलिन्डर उपत्यका बाहिर ल्याएर ‘बोटलिङ’ गरेर लैजान थालेका छन्। रातका समयमा कान्ति लोक पथमा गाडी नगुड्ने भएकाले खालि सिलिन्डर बोकेका ट्रक आउन ढिलाइ भएको छ। अहिले बाबा ग्यासले श्री ग्यासका सिलिन्डर ‘बोटलिङ’ गरेर पठाएको छ। श्री ग्यास नौबिसेको हो। यस्तै यहाँको साईबाबाले आफ्नै सिलिन्डर काठमाडौँ पठाएको छ। गैंडाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौँडाको साहारामा काठमाडौँको एभरेस्ट र सुगमको ग्यास भरेर पठाइएको छ।

वनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा, वनेपाको लोकप्रिय, सुपर ग्यास, तारा ग्यासलगायतले राजधानी बाहिरका विभिन्न ग्यास उद्योगमा भरेर सिलिन्डर त्रिभुवन राजपथ बाट पठाउन सुरु गरेका छन्। उपत्यका र छिमेकी जिल्लामा १६ ग्यास उद्योग रहेको उनले जानकारी दिए।

सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अबस्थामा काठमाडौँमा दैनिक ४० हजार सिलिन्डर आवश्यक पर्दछ। अहिलेको अवस्थामा एक लाख सिलिन्डर पनि खपत हुने अबस्था छ। आफूहरूले सङ्गठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकाले केही दिनमानै समस्याको समाधान हुने उहाँको भनाइ छ। उनले आवश्यक मात्र शिलिण्डर साटेर सहज गरिदिन र मौज्दात नगर्न सबै सँग आग्रह गरे। एउटा ग्यास बोक्ने बुलेटमा ४५० शिलिण्डर ग्यास आउँछ। ठुलो ट्रकले भरिएका ५०० सिलिन्डर बोक्छ भने खाली ६०० हाराहारी सिलिन्डर बोक्न सक्ने उनले बताए। नेपालका ५८ उद्योगले भरेका ग्यासमध्ये ४० प्रतिशत खपत उपत्यकामा छ।

राजधानी बाहिर नजिकका उद्योगले दुई सिफ्टमा ग्यास भर्ने काम गरिरहेका छन्। गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल आएको जनाउँदै उनले यो मात्रा हाल सम्मको बढी भएको बताए। उनका अनुसार सोही अनुपातमा ग्यास आइरहेकाले कुनै समस्या पर्ने अवस्था छैन।

यस्तो छ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ग्यास वितरण प्रणाली साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसंग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरुआत गरेको छ।

गत आइतबार धादिङको कृष्णभिरमा त्रिशूली नदीले कटान गरेर पृथ्वीराज मार्ग पूर्ण अवरुद्ध बनाएपछि कर्पोरेसनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लाण्टमा आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास ‘बोटलिङ’ गरेर काठमाडौ ल्याउने नीति लिएको हो।

सो राजमार्ग अवरुद्ध हुँदा कर्पोरेसनको धादिङ जुगेखोलास्थित ‘एलपिजी प्लाण्ट’मा पनि असर परेको छ। आफ्नो प्लाण्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेसनले तत्काल अन्य निजी क्षेत्रका सहज स्थानमा रहेका मनोज सहित बाबा ग्यासका ‘प्लाण्ट’सँग सहकार्य गरेर आफ्ना खाली सिलिण्डरमा ग्यास भरेर बैकल्पिक मार्गबाट उपत्यका भित्याउने प्रबन्ध मिलाएको हो। विषम प्राकृति विपद्का अवस्थालाई ख्याल गर्दै कर्पोरेसनले उपभोक्तालाई ग्यासको अभाव हुन नदिन यो नीति लिएको जनाइएको छ।

नेपाल आयल निगमले कर्पोरेसनलाई न्यून कोटा अर्थात् ‘पिडियो’ अनुमति प्रदान गर्दा उसले चाहेर पनि यथेष्ट ग्यास बिक्री गर्न पाइरहेको छैन। निगमले भारतीय आयल कर्पोरेशनबाट कूल तीनहजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेको जनाइएको छ। सो मध्ये करिव दुई प्रतिशत अर्थात् ५३ वटा ‘बुलेट’ मात्र कर्पोरेसनको भागमा परेको छ। कर्पोरेसनले हाल मासिक ५५ हजारदेखि ६० हजारको हाराहारीमा ‘एसडिसी सिलिन्डर’ खपत गरिरहेको जनाइएको छ।

निजी क्षेत्रका ग्यास कम्पनीले खाडी सङ्कट,पछिल्लो समय पृथ्वी राजमार्ग अवरुद्ध एवं अन्य बहना देखाउँदा उपभोक्ता समस्यामा पर्दै आएका छन् तर कर्पोरेसनले हाल कुपन प्रणाली मार्फत विक्री वितरणलाई सहज बनाइराखेको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action