udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

युटीएलको लाइसेन्स दौड समाप्त

नवीकरणको समयसीमा सकिएसँगै यूटीएलको लाइसेन्स स्वतः रद्द हुने अवस्था बने पनि दूरसञ्चार प्राधिकरणले औपचारिक निर्णय सार्वजनिक गर्न भने ढिलाइ गरिरहेको छ।

युटीएलको लाइसेन्स दौड समाप्त
A A+ A-

काठमाडौं । युनाइटेड टेलिकम लिमिटेडको नेपालमा आधारभूत दूरसञ्चार सेवा सञ्चालन गर्ने अनुमतिपत्रको पहिलो नवीकरण अवधि समाप्त भएको छ । २०७३ भदौ २० मा प्राप्त अनुमतिपत्रको १० वर्षे अवधि २०८३ भदौमा पूरा भएपछि कम्पनीले तोकिएको अवधिभित्र नवीकरण प्रक्रिया पूरा गर्न सकेन ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अनुमतिपत्र नवीकरणका लागि कम्पनीले आवश्यक शुल्क तथा अन्य बक्यौता दाखिला गर्नुपर्ने थियो । निर्धारित समयभित्र रकम दाखिला नभएपछि अनुमतिपत्र नवीकरण हुन सकेन ।

प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेका अनुसार कम्पनीले नवीकरणको प्रयास गरेको थियो । आवश्यक शुल्क बुझाएर नवीकरण भने गर्न नसकेको उनले बताए ।

घिमिरेका अनुसार तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नभएपछि युटीएलले दूरसञ्चार सेवा सञ्चालन गर्ने अधिकार गुमाएको छ । कम्पनीको नवीकरणसम्बन्धी विषयमा प्राधिकरणले सरकारलाई यसअघि नै जानकारी गराइसकेको उनले बताए ।

युटीएलको अनुमतिपत्र नवीकरणका लागि पछिल्ला महिनामा नेपाली लगानीकर्ता राजबहादुर सिंह सक्रिय थिए । कम्पनीको स्वामित्व संरचना परिवर्तन, विदेशी पुँजी ल्याउने प्रयास र बाँकी सरकारी दायित्व व्यवस्थापनको प्रस्तावमार्फत अनुमतिपत्र जोगाउने प्रयास भएको थियो ।

तर तोकिएको अवधिभित्र नवीकरण शुल्क र बाँकी दायित्व व्यवस्थापन गर्न आवश्यक रकम जुट्न सकेन ।

यससँगै करिब एक दशकदेखि व्यावसायिक रूपमा निष्क्रिय रहेको युटीएलको दूरसञ्चार सेवा पुनः सञ्चालन गर्ने सम्भावना तत्कालका लागि समाप्त भएको छ ।

बक्यौता ३० अर्ब ८० करोडभन्दा माथि

युटीएलको अनुमतिपत्र नवीकरणको सबैभन्दा ठूलो अवरोध कम्पनीमाथि रहेको सरकारी दायित्व बनेको थियो ।

प्राधिकरणको हिसाबअनुसार अनुमतिपत्र नवीकरण शुल्कसहित कम्पनीले ३० अर्ब ८० करोड रुपैयाँभन्दा बढी दायित्व तिर्नुपर्ने अवस्था थियो । त्यसमा अनुमतिपत्र नवीकरण शुल्क, रोयल्टी, फ्रिक्वेन्सी दस्तुर, ग्रामीण दूरसञ्चार विकास कोषमा बुझाउनुपर्ने रकम, ब्याज तथा जरिवानालगायतका दायित्व समावेश थिए ।

युटीएलको बक्यौता लामो समयदेखि जम्मा हुँदै आएको हो । प्राधिकरणले २०८१ मै कम्पनीलाई ७ अर्ब ४२ करोड ९३ लाख रुपैयाँभन्दा बढी बक्यौता दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

कम्पनीले उक्त अवधिमा समेत सबै दायित्व चुक्ता गर्न सकेन । अनुमतिपत्रको १० वर्षे अवधि समाप्त हुने समय नजिकिँदै गएपछि नवीकरण शुल्क थपियो । यसले कम्पनीमाथिको तत्कालीन वित्तीय दायित्व अझ ठूलो बनायो ।

नवीकरण शुल्क मात्रै करिब २० अर्ब रुपैयाँ पुग्ने प्राधिकरणको हिसाब थियो । त्यसअघिको बक्यौता १० अर्ब रुपैयाँभन्दा माथि रहेको अवस्थामा अनुमतिपत्र जोगाउन कम्पनीले एकैपटक ठूलो रकम व्यवस्थापन गर्नुपर्ने अवस्था बनेको थियो ।

कम्पनीले अन्तिम चरणमा बक्यौता व्यवस्थापनका लागि छुट्टै वित्तीय प्रस्ताव अघि सारेको थियो । तर त्यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक रकम समयमै उपलब्ध भएन ।

युटीएलको बक्यौताको इतिहासले कम्पनीको वित्तीय समस्या पछिल्लो केही महिनामा मात्र उत्पन्न भएको देखाउँदैन । नियमित नियामकीय दायित्व भुक्तानी गर्न नसक्नु, सेवा विस्तारमा नयाँ लगानी रोकिँदै जानु र सञ्चालन आम्दानी कमजोर हुनुका कारण कम्पनीको वित्तीय दायित्व क्रमशः बढ्दै गएको देखिन्छ ।

१४ अर्बको विदेशी पुँजी प्रस्ताव

अनुमतिपत्र नवीकरणका लागि आवश्यक ठूलो रकम जुटाउन युटीएलले विदेशी स्रोतबाट पुँजी ल्याउने प्रक्रिया अघि बढाएको थियो ।

कम्पनीले करिब ९ करोड ५० लाख अमेरिकी डलर बराबरको रकम अर्थात् करिब १४ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भित्र्याउने प्रस्ताव अघि सारेको थियो । उक्त रकमबाट तत्कालीन सरकारी दायित्वको ठूलो हिस्सा व्यवस्थापन गर्ने र अनुमतिपत्र नवीकरणपछि कम्पनीलाई नयाँ ढंगले सञ्चालन गर्ने योजना बनाइएको थियो ।

विदेशी पुँजी भित्र्याउन नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक थियो । कम्पनीले सम्बन्धित प्रक्रिया अघि बढाए पनि अनुमतिपत्रको समयसीमाभित्र आवश्यक रकम नेपालमा प्रवेश गरी सरकारी खातामा दाखिला हुन सकेन ।

कम्पनी पक्षले तत्काल करिब १३ अर्ब रुपैयाँ बुझाउने र बाँकी दायित्वलाई किस्ताबन्दीमा व्यवस्थापन गर्ने प्रस्ताव अघि सारेको थियो । यसका लागि ब्याज, जरिवाना र मूल बक्यौताको पुनर्गणनासम्बन्धी विषयसमेत छलफलमा आएको थियो ।

तर नवीकरणका लागि कानुनले तोकेको समयसीमा समाप्त भएपछि वित्तीय प्रस्ताव कार्यान्वयनमा आउन सकेन ।

युटीएलले अनुमतिपत्र जोगिएपछि नयाँ प्रविधिमा ठूलो लगानी गर्ने योजना पनि अघि सारेको थियो । कम्पनीले पाँचौँ पुस्ताको मोबाइल प्रविधिमा प्रवेश गर्न करिब ४० अर्ब रुपैयाँसम्म लगानी गर्ने प्रारम्भिक योजना प्रस्तुत गरेको थियो ।

यस योजनामा नयाँ नेटवर्क निर्माण, पूर्वाधार विस्तार र मोबाइल सेवामा पुनःप्रवेश गर्ने विषय समेटिएको थियो ।

तर कम्पनीले पुरानो दायित्व व्यवस्थापन गरेर अनुमतिपत्र कायम राख्न नसकेपछि प्रस्तावित नयाँ लगानी कार्यान्वयनको आधारसमेत समाप्त भएको छ ।

भारतीय सरकारी कम्पनीको समेत हिस्सेदारी

युटीएलको स्वामित्व संरचना सुरुदेखि नै बहुराष्ट्रिय प्रकृतिको थियो । कम्पनीमा भारत सरकारको स्वामित्व रहेको महानगर टेलिफोन निगम लिमिटेडको २६.६८ प्रतिशत हिस्सा छ । टेलिकम्युनिकेसन्स कन्सल्ट्यान्ट्स इन्डिया लिमिटेडको २६.६६ प्रतिशत र टाटा कम्युनिकेसन्स लिमिटेडको २६.६६ प्रतिशत हिस्सा रहेको छ ।

बाँकी २० प्रतिशत हिस्सा नेपाल भेन्चर्स प्रालिसँग छ । नेपालतर्फको साझेदारीमा उपेन्द्र महतो, राजबहादुर सिंह, जुली महतोलगायतका व्यापारिक पृष्ठभूमिका लगानीकर्ताको सहभागिता रहेको थियो ।

पछिल्लो चरणमा युटीएलको पुनरुत्थान प्रयासमा राजबहादुर सिंह सक्रिय देखिएका थिए । स्वामित्व व्यवस्थापन र नयाँ लगानीको संरचना तयार गर्ने प्रयाससमेत भएको थियो ।

उपेन्द्र महतोले भने पछिल्लो समय युटीएलमा थप लगानी गर्ने चासो नरहेको बताएका छन् । आफ्नो स्वामित्वको सेयरसमेत राजबहादुर सिंहलाई हस्तान्तरण गरिसकेको र कम्पनीको पछिल्लो प्रक्रियाबारे आफूलाई थप जानकारी नरहेको उनको भनाइ छ ।

युटीएलमा रहेको विदेशी स्वामित्वले पनि पछिल्ला वर्षमा कम्पनीलाई थप पुँजी उपलब्ध गराउन सकेन ।

कम्पनीको प्रारम्भिक व्यावसायिक चरणमा विदेशी साझेदारको प्राविधिक र वित्तीय सहभागिता महत्वपूर्ण भए पनि सेवा सञ्चालनको मोडल परिवर्तन हुँदै जाँदा आवश्यक नयाँ लगानी जुट्न सकेन ।

मोबाइल दूरसञ्चार बजार जिएसएम, स्मार्टफोन र उच्चगतिको मोबाइल इन्टरनेटमा प्रवेश गरिसक्दा युटीएल पुरानो सिडिएमए प्रविधिमै सीमित रह्यो । यसले कम्पनीको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउँदै लग्यो ।

पाँच लाख ग्राहकबाट निष्क्रिय नेटवर्कसम्म

युटीएलले सेवा सुरु गरेको प्रारम्भिक चरणमा नेपालमा उल्लेख्य ग्राहक आधार बनाएको थियो । कुनै समय कम्पनीसँग करिब पाँच लाख ग्राहक रहेको तथ्य पुराना नियामकीय तथा कम्पनीसम्बन्धी अभिलेखमा देखिन्छ ।

नेपालको दूरसञ्चार बजारमा निजी क्षेत्रको प्रतिस्पर्धा विस्तार गर्न युटीएलको प्रवेश महत्वपूर्ण मानिएको थियो । कम्पनीले प्रारम्भिक चरणमा विभिन्न जिल्लामा आधारभूत टेलिफोन सेवा विस्तार गरेको थियो ।

तर सेवा सञ्चालन निरन्तर रहन सकेन । कम्पनीभित्रको स्वामित्व र व्यवस्थापन विवाद, नयाँ प्रविधिमा लगानीको अभाव र नियामकीय दायित्व पूरा गर्न नसक्ने अवस्थाले व्यावसायिक गतिविधि क्रमशः कमजोर बनायो ।

सञ्चालनमा रहेको ग्राहक आधार घट्दै गयो । नेटवर्क विस्तार रोकियो । नयाँ प्रविधिमा लगानी हुन सकेन । अन्ततः कम्पनीको मोबाइल सेवा व्यावसायिक रूपमा निष्क्रिय भयो ।

सरकारले २०८० मंसिरदेखि युटीएलको इन्टरनेट सेवा सञ्चालनसम्बन्धी अनुमतिपत्रसमेत कायम नरहने अवस्था सिर्जना गरेको थियो ।

आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र भने २०७३ मा पुनः जारी भएको थियो । त्यही अनुमतिपत्रको पहिलो नवीकरणका लागि २०८३ भदौमा कानुनी समयसीमा पूरा भएको हो ।

यसबीच कम्पनीले आफ्नो पुरानो नेटवर्कलाई सक्रिय पार्ने र नयाँ प्रविधिमा प्रवेश गर्ने ठोस व्यावसायिक कार्यक्रम कार्यान्वयन गर्न सकेन ।

यसले अनुमतिपत्र कायम राख्न मात्रै ठूलो वित्तीय स्रोत आवश्यक पर्ने अवस्था सिर्जना गर्‍यो ।

नियमन र बक्यौताको लामो सिलसिला

युटीएलको घटनाले दूरसञ्चार क्षेत्रमा नियामकीय दायित्व कार्यान्वयनको विषयलाई समेत अगाडि ल्याएको छ ।

प्राधिकरणले विभिन्न समयमा कम्पनीलाई बक्यौता भुक्तानी गर्न सूचना जारी गर्दै आएको थियो । नियामकीय शुल्क तथा अन्य दायित्व नतिरेपछि कम्पनीमाथि जरिवाना थपिँदै गयो ।

मध्यपहाडी लोकमार्गअन्तर्गत अप्टिकल फाइबर निर्माणको जिम्मेवारीमा समेत युटीएल विवादमा परेको थियो । प्राधिकरणको अभिलेखअनुसार कम्पनीले सम्झौताअनुसार काम अघि बढाउन नसकेपछि सम्झौता कार्यान्वयनको विषय अदालतसम्म पुगेको थियो ।

सर्वोच्च अदालतले कम्पनीको रिट खारेज गरेपछि प्राधिकरणले करिब ४० करोड २० लाख रुपैयाँ बराबरको परिचालन पेस्की र करिब १० करोड ५ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गरेको अभिलेखमा उल्लेख छ ।

दूरसञ्चार पूर्वाधार निर्माणमा समेत अपेक्षित कार्यसम्पादन हुन नसक्नु र मुख्य दूरसञ्चार सेवामा व्यावसायिक सञ्चालन कायम राख्न नसक्नुले कम्पनीको समग्र वित्तीय तथा व्यवस्थापकीय कमजोरीलाई देखाउँछ ।

युटीएलले लामो समयसम्म अनुमतिपत्र कायम राखे पनि त्यसको प्रभावकारी व्यावसायिक उपयोग गर्न सकेन । सेवा सञ्चालन नगरेको अवधिमा पनि राज्यलाई बुझाउनुपर्ने नियमित दायित्व कायम रह्यो ।

नवीकरणको समय आएपछि विगतका सबै वित्तीय दायित्व एकैपटक ठूलो भारका रूपमा देखिए ।

अब फ्रिक्वेन्सी र दायित्व व्यवस्थापन

युटीएलको अनुमतिपत्र नवीकरण नभएपछि अब नियामकका लागि कम्पनीसँग सम्बन्धित फ्रिक्वेन्सी, पूर्वाधार, बाँकी दायित्व र सम्भावित सम्पत्ति व्यवस्थापनको प्रक्रिया महत्वपूर्ण बनेको छ ।

नेपालमा मोबाइल सेवा सञ्चालन गरिरहेका प्रमुख कम्पनीको संख्या सीमित भएकाले बजारमा थप प्रतिस्पर्धी प्रवेशको आवश्यकता नियामक तहबाट औँल्याउँदै आएको छ । तर नयाँ सेवा प्रदायकको प्रवेशका लागि कम्पनीको वित्तीय क्षमता, प्राविधिक क्षमता, लगानीको स्रोत र नियामकीय अनुपालनलाई आधार बनाउने आवश्यकता देखिन्छ ।

युटीएलको घटनाले अनुमतिपत्रलाई मात्र व्यावसायिक सम्पत्तिका रूपमा हेर्ने पुरानो दृष्टिकोण कमजोर भएको देखाएको छ । दूरसञ्चार क्षेत्रमा अनुमतिपत्रसँगै ठूलो पूँजी, निरन्तर प्रविधिगत लगानी, नेटवर्क विस्तार, ग्राहक सेवा र नियमित नियामकीय भुक्तानी अनिवार्य हुन्छ ।

युटीएलसँग सुरुवाती चरणमा विदेशी लगानी, नेपाली साझेदार, ग्राहक आधार र सरकारी अनुमतिपत्र थियो । पछिल्ला वर्षमा तीमध्ये कुनै पनि आधारलाई प्रतिस्पर्धी व्यवसायमा रूपान्तरण गर्न सकेन ।

अन्तिम चरणमा विदेशी पुँजी ल्याउने प्रस्ताव, बक्यौता व्यवस्थापनको योजना र पाँचौँ पुस्ताको प्रविधिमा ४० अर्ब रुपैयाँसम्म लगानी गर्ने प्रतिबद्धता अघि सारिए पनि अनुमतिपत्र नवीकरणको कानुनी समयसीमाभित्र वित्तीय दायित्व पूरा हुन सकेन ।

यससँगै युटीएलको पहिलो नवीकरण प्रयास असफल भएको छ । अब कम्पनीसँग सम्बन्धित बाँकी वित्तीय दायित्व असुली, फ्रिक्वेन्सी व्यवस्थापन, पूर्वाधारको अवस्था र राज्यको राजस्व संरक्षणको प्रक्रिया अघि बढाउनुपर्ने अवस्था छ ।

युटीएलको एक दशक लामो निष्क्रियता र अनुमतिपत्र नवीकरणमा भएको असफलताले नेपालको दूरसञ्चार क्षेत्रमा अर्को नीतिगत आवश्यकता पनि स्पष्ट गरेको छ । अनुमतिपत्र वितरणसँगै कम्पनीको वित्तीय क्षमता, लगानीको स्रोत, सेवा निरन्तरता र नियामकीय दायित्व भुक्तानीको कडाइका साथ अनुगमन गर्नुपर्ने देखिएको छ ।

तीन महिनाको अन्तिम पुनरुत्थान प्रयासले पनि युटीएललाई बचाउन सकेन । ३० अर्ब ८० करोड रुपैयाँभन्दा बढीको दायित्व, कमजोर व्यावसायिक आधार र समयमै पुँजी जुटाउन नसक्नु यसको अनुमतिपत्र यात्राको अन्तिम वित्तीय अवरोध बनेको छ ।

अब युटीएलको नामभन्दा ठूलो विषय राज्यको बाँकी बक्यौता, निष्क्रिय दूरसञ्चार स्रोतको व्यवस्थापन र प्रतिस्पर्धी बजारका लागि नयाँ लगानीको ढाँचा बन्न पुगेको छ।

औपचारिक निर्णयमा प्राधिकरणको ढिलासुस्ती

स्मार्ट टेलिकमको लाइसेन्स ३ वैशाख २०८० मा स्वतः रद्द भएपछि नेपाल दूरसञ्चार प्राधिकरणले तत्कालै निर्णय गरेर सार्वजनिक सूचना जारी गर्दै सम्पत्ति नियन्त्रणको प्रक्रिया अघि बढाएको थियो ।

तर यूटीएलको हकमा भने कानुनी रूपमा लाइसेन्स स्वतः रद्द भइसकेको सोमबार बितिसक्दा पनि प्राधिकरणले औपचारिक निर्णय गर्न र सार्वजनिक सूचना जारी गर्न ढिलाइ गरिरहेको छ ।

जबकि दुवै कम्पनीको लाइसेन्स रद्द भएपछि अपनाउनुपर्ने कानुनी प्रक्रिया एउटै हो । स्मार्टका हकमा तत्काल सक्रिय देखिएको नियामक यूटीएलका हकमा किन मौन छ भन्ने प्रश्न यहीँबाट उठेको छ ।

अझ यूटीएलमाथि करिब ३१ अर्ब रुपैयाँको दायित्व रहेको र कम्पनीले लामो समयदेखि नियामकीय कारबाही छल्दै आएको पृष्ठभूमिमा औपचारिक निर्णयमा भइरहेको यो ढिलाइ सामान्य प्रशासनिक सुस्ती मात्र हो कि अरू कुनै दबाब वा स्वार्थले नियामकको निर्णय प्रक्रियालाई प्रभावित गरिरहेको छ भन्ने प्रश्नसमेत गम्भीर बनेको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action