काठमाडौं। भन्सार विभागले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक राजस्व लक्ष्यमध्ये १ खर्ब २ अर्ब रुपैयाँ संकलन गरेको छ। विभागका अनुसार भदौ ६ गतेसम्म उक्त राजस्व संकलन भएको हो। सरकारले चालु आर्थिक वर्षका लागि कुल ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। विभागले अब ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गर्न बाँकी छ।
तातोपानी भन्सार कार्यालय सञ्चालनमा नरहेको र भोटेकोशीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई बन्द रहेको अवस्थामा पनि विभागले १ खर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउन सफल भएको हो। विषम परिस्थितिका बाबजुद भन्सार प्रशासनको निरन्तर प्रयासले यो उपलब्धि हासिल भएको विभागले जनाएको छ। अर्थ मन्त्रालयका अनुसार आगामी दिनमा बाँकी रहेको राजस्व संकलनमा विभागले आफ्नो ध्यान केन्द्रित गर्नेछ।
