udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

प्रतिकूल मौसमका कारण मनास्लु आरोहण स्थगित

प्रतिकूल मौसमका कारण मनास्लु आरोहण स्थगित
A A+ A-

काठमाडौं। प्रतिकूल मौसमका कारण विश्वको आठौँ अग्लो हिमाल मनास्लुको यस वर्षको शरदकालीन आरोहण सिजन औपचारिक रूपमा स्थगित भएको छ। बङ्गालको खाडीबाट आएको न्यून चापीय प्रणालीका कारण दुई सातादेखि परेको भारी हिमपात र वर्षाले गर्दा सयौँ पर्वतारोही र गाइडहरू शिखरमा नपुगी आधार शिविरबाट फर्किएका छन्।

आरोही नाङ्स्याल छोदेनका अनुसार मनास्लुको क्याम्प ३ सम्म पुगेका आरोहीहरू सुरक्षित रूपमा आधार शिविर झरेका छन् र सामागाउँ फर्कने तयारीमा छन्। उनले भने, ‘यसपालि मौसमले साथ नदिएपछि सबैजना फर्किनुपर्यो, जीवन रह्यो भने हिमालले त पर्खन सक्छ।’ केही कम्पनीहरूले अक्टोबरमा आरोहण गर्ने प्रयास गर्ने बताए पनि धेरैजसो आरोही काठमाडौँ फर्कने क्रममा छन्।

सामागाउँका वीरबहादुर लामाका अनुसार आधार शिविरमा विगत दुई सातादेखि निरन्तर वर्षा भइरहेको छ। अनुभवी गाइड प्रबल लामाले सन् २०१२ देखि मनास्लु आउन थालेकोमा यस वर्षजस्तो भारी वर्षा र हिमपात कहिल्यै नदेखेको बताए। उनले भिसाको म्याद र बन्दोबस्तीका सामानका कारण अब फेरि आरोहणमा जाने सम्भावना नरहेको जानकारी दिए।

यस सिजनमा मनास्लु आरोहणका लागि ४९३ जना आरोहीले अनुमति लिएका थिए। सोही संख्यामा नेपाली गाइड र सहयोगी कर्मचारीहरू पनि हिमालमा खटिएका थिए। गत वर्ष ४१० जनाले अनुमति लिएका थिए। सातोरी एडभेन्चर र हिमालय समिट क्लबलगायतका कम्पनीहरूले आफ्ना टोलीलाई सुरक्षित रूपमा फिर्ता बोलाएका छन्। आरोहीहरूले शिखरभन्दा जीवनको सुरक्षालाई प्राथमिकता दिँदै अर्को वर्ष पुनः आउने प्रतिबद्धता जनाएका छन्।

८,१६३ मिटर अग्लो मनास्लु प्राविधिक रूपमा कठिन र हिमपहिरोको उच्च जोखिमयुक्त हिमाल मानिन्छ। हालको हिमपातले हिमालको अवस्था पूर्ण रूपमा परिवर्तन गरेको छ र क्याम्प ३ देखि ४ सम्मको बाटोमा हिमपहिरोको जोखिम बढेको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action