काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैँको अवसर पारेर आफ्ना ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ।
कम्पनीले ल्याएको यस योजनाअन्तर्गत ग्राहकहरूले ५ हजार ७०० रुपैयाँमा २०० एमबीपीएस गतिको इन्टरनेट सेवा ७ महिनासम्म प्रयोग गर्न पाउनेछन्।
यस अफरमा ग्राहकले ३ महिनाको शुल्क भुक्तानी गर्दा ४ महिनाको इन्टरनेट बोनस सुविधा प्राप्त गर्नेछन्। साथै, कम्पनीले वाइफाइ सिक्स राउटर र निःशुल्क जडानको सुविधा पनि उपलब्ध गराउने जनाएको छ। दशैँको समयमा ग्राहकलाई थप बचतका साथै उच्च गतिको भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले यो अफर ल्याइएको क्लासिक टेकले उल्लेख गरेको छ।
