भक्तपुर। आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल रु दुई करोड निकासा गर्ने बताएका छन् ।
बाढीको जोखिम भएका स्थानको निरीक्षणपछि तटबन्धनका निम्ति उक्त रकम निकासा गर्ने बताएको हो । उनले भने, “प्रभावित क्षेत्रको संरक्षणका लागि विपद् कोषबाट रु। करोड निकासा गर्नेछौँ ।
