काठमाडौं- सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले शुक्रबार उनलाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय सुनाएको हो।
न्यायाधीशहरू बासुदेव आचार्य, उमेश कोइराला र विदुर कोइरालाको इजलासले पौडेललाई ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ। अदालतले सोही बराबरको रकम जफत गर्ने आदेश पनि दिएको छ। भ्रष्टाचारको आरोपमा दायर मुद्दामा अन्तिम सुनुवाइ गर्दै अदालतले उक्त फैसला सुनाएको हो।
