Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

बेनी-जोमसोम-कोरला सडक मर्मत कार्य तीव्र

बेनी-जोमसोम-कोरला सडक मर्मत कार्य तीव्र
A A+ A-

काठमाडौं। असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण अवरुद्ध बनेको बेनी-जोमसोम-कोरला सडक खण्डमा मर्मत कार्य तीव्र पारिएको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको यो सडक मर्मत गरी यातायात सुचारु गर्न सरकारले उच्च प्राथमिकता दिएको छ । चीनसँगको व्यापारिक नाका खुला राख्न, मुस्ताङको स्याउ बजार पुर्‍याउन र दसैँ-तिहारका लागि भेडाच्याङ्ग्रा ढुवानी गर्न सडक सञ्जालको महत्त्व बढेको छ ।

कुल २ सय २ किलोमिटर लामो सडकमा बाढीपहिरोले ५५ स्थानमा क्षति पुर्‍याएको थियो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार हाल म्याग्दीको राहुपारेदेखि पोखरेबगरसम्मको करिब १५ किलोमिटर खण्डमा मर्मत कार्य बाँकी छ । उनले भने, “सबै तालमेल मिलेमा अबको एक हप्तादेखि १० दिनभित्र बेनी-जोमसोम-कोरला सडकमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरेका छौँ ।”

रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि वैकल्पिक मार्ग खुलाउने प्रयास भइरहेको छ । सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा इन्धन ढुवानी गरी रोकिएका एस्काभेटर सञ्चालनमा ल्याइएको छ । तिल्केनीचौरमा अवरोध हटेसँगै मौवाफाँट र बेनीबीचको यातायात सम्पर्क पुनः स्थापित भएको छ ।

2