काठमाडौं। बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सहकारी अभियानका प्रतिनिधिहरूबाट आज ज्ञापनपत्र बुझ्नुभएको छ।
बचतकर्ताको रकम फिर्ता गर्न सहकारीहरू असमर्थ भएपछि उक्त समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको हो।
राष्ट्रिय सहकारी सुदृढीकरण समितिका सचिव मनोज गोपालीका अनुसार सहकारीहरूमा देखिएको बचत फिर्ताको समस्या समाधान गरिदिन सरकारसँग माग गरिएको छ।
पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको तरलता र व्यवस्थापनको समस्याका कारण बचतकर्ताहरूले आफ्नो रकम फिर्ता पाउन नसकेको गुनासो गर्दै आएका छन्।
यसै सन्दर्भमा प्रदेश सरकारको तर्फबाट आवश्यक पहल र सहजीकरणको अपेक्षासहित ज्ञापनपत्र बुझाइएको हो। मंगलबार बुझाइएको उक्त ज्ञापनपत्रमा सहकारी अभियानका तर्फबाट विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
