Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

बेनी-जोमसोम सडक सञ्चालनमा, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी-जोमसोम सडक सञ्चालनमा, १७३ कन्टेनर गन्तव्यतर्फ
A A+ A-

मुस्ताङ। अवरुद्ध रहेको बेनी-जोमसोम सडक खण्ड सञ्चालनमा आएपछि चीनबाट आयातित सामान बोकेका १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

सडक अवरुद्ध हुँदा दुई सातादेखि मुस्ताङमा रोकिएका ती कन्टेनर पोखरा र काठमाडौँ लगायतका सहरतर्फ पठाइएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार असोज २३ गते साँझ सडक मर्मतपछि यातायात सूचारु भएको थियो।

सडक खुलेको पहिलो दिन असोज २४ गते ८५ वटा र दोस्रो दिन असोज २५ गते ८८ वटा गरी कुल १७३ कन्टेनर मुस्ताङबाट बाहिरिएका हुन्। कोरला नाकाबाट पैठारी गरिएका मालवस्तु बोकेर यी सवारी साधन गन्तव्यतर्फ लागेका हुन्।

थासाङ-४ घाँसास्थित प्रहरी चौकीका अनुसार सडक खुलेको दुई दिनमा ३९१ वटा विभिन्न सवारी साधन मुस्ताङबाट बाहिरिएका छन्। आज पनि ५० भन्दा बढी सवारी साधन मुस्ताङबाट बाहिरिएको प्रहरीले जनाएको छ।

सडक सञ्चालनमा आएसँगै मुस्ताङमा उत्पादित स्याउ पनि बजार पठाउन थालिएको चिम्ले स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिएका छन्।

2