Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

भारतको भन्सार नीति परिवर्तनले नेपालको भटमास तेल निर्यातमा धक्का

भारतको भन्सार नीति परिवर्तनले नेपालको भटमास तेल निर्यातमा धक्का
A A+ A-

काठमाडौं: भारतले कच्चा तेल आयातमा लाग्ने भन्सार शुल्कमा भारी कटौती गरेपछि नेपालको भटमास तेल निर्यात प्रभावित हुने देखिएको छ। नेपालले सबैभन्दा धेरै निर्यात गर्ने वस्तुमध्ये एक भटमास तेलको बजार भारतको पछिल्लो नीतिगत निर्णयका कारण खुम्चिने जोखिम बढेको हो।

भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले कच्चा सोयाबिन र पाम तेलको भन्सार शुल्क १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेको छ। साथै, कच्चा सूर्यमुखी तेलमा लाग्ने भन्सार शुल्क शून्यमा झारिएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि भारतीय उपभोक्तालाई राहत दिन भारतले यस्तो निर्णय लिएको जनाएको छ।

नेपालले दक्षिण अमेरिकी मुलुकहरूबाट कच्चा तेल आयात गरी प्रशोधन गरेर भारत निर्यात गर्दै आएको छ। सन् २०२३/२४ मा भारतलाई भटमास तेल निर्यात गर्ने मुलुकमध्ये नेपाल तेस्रो स्थानमा थियो। गत आर्थिक वर्षमा मात्र नेपालले १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको प्रशोधित भटमास तेल निर्यात गरेको थियो। नेपालमा हाल २४ वटा तेल प्रशोधन उद्योग सञ्चालनमा छन् भने ५ वटा उद्योग थपिने तयारीमा छन्। यी उद्योगहरूले प्रत्यक्ष रूपमा ८ देखि ९ हजार जनालाई रोजगारी दिएको दाबी गरिएको छ।

नेपाल घिउ तेल उत्पादक संघका सदस्य अविनास बोहराका अनुसार भारतको यो नीतिले नेपालको तेल निर्यात वृद्धिदरलाई पक्कै पनि प्रभावित पार्नेछ। भारतले कच्चा तेलको भन्सार घटाएसँगै अब भारतीय उद्योगहरूले नै सस्तोमा कच्चा तेल आयात गरी प्रशोधन गर्ने सम्भावना बढेको छ। यसले गर्दा नेपालबाट निर्यात हुने तेलको बजार महाराष्ट्रसम्म विस्तार हुनुको साटो सीमा क्षेत्रका बजारमा मात्र सीमित हुने जोखिम देखिएको छ। बोहराले निर्यात पूर्ण रूपमा बन्द नभए पनि विगतको जस्तो उच्च वृद्धिदर कायम रहन कठिन हुने बताएका छन्।

2