Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात
A A+ A-

काठमाडौं: जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लाहरूमा निर्यात भएको छ। कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। यसबाट करिब ५५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। हाल किसानहरूले बगैँचाबाटै प्रतिकेजी न्यूनतम ७५ रुपैयाँमा स्याउ बिक्री गरिरहेका छन्।

कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार तातोपानी गाउँपालिका-६ को बाँजारावलामा गरिएको सामूहिक स्याउ खेतीबाट मात्र ३४ मेट्रिकटन उत्पादन भएको छ। यसबाट ३० लाख रुपैयाँ बराबरको आम्दानी भएको छ। जुम्लामा हाल चार हजार ६०५ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। कार्यालयले चालु आर्थिक वर्षमा थप १०८ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार गर्ने लक्ष्य राखेको छ।

जिल्लामा फुजी जातको स्याउ ५२ हेक्टर क्षेत्रफलमा लगाइएको छ भने यस वर्ष ४९ हेक्टरमा मात्र उत्पादन भएको छ। यसका साथै रेडडेलिसेस, रोयलडेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन र स्पोरलगायतका जातका स्याउहरू बिक्री भइरहेका छन्। केही व्यापारीले स्याउ कोल्ड स्टोर र घरमा भण्डारण गरेका कारण निर्यातको परिमाण र आम्दानी थप बढ्न सक्ने कार्यालयको अनुमान छ।

जुम्लाका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन्। यो वर्ष भारतबाट स्याउ आयातमा रोक लागेपछि जुम्ली स्याउले राम्रो बजार पाएको छ। हिमा गाउँपालिकाकी स्थानीय व्यापारी माया रोकायाले आफूले मात्र एक हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गरेको जानकारी दिइन्।

2