Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

पोखरा विमानस्थलमा उडान समस्या हटाउन नयाँ प्रविधि ल्याउने तयारी

पोखरा विमानस्थलमा उडान समस्या हटाउन नयाँ प्रविधि ल्याउने तयारी
A A+ A-

काठमाडौं: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हुने उडान डाइभर्ट र रद्द हुने समस्यालाई कम गर्न सरकारले नयाँ नेभिगेसन प्रणाली भित्र्याउने प्रक्रिया अघि बढाएको छ। पर्यटनमन्त्री खडकराज पौडेलले यस प्रणालीबाट उडान अवरोध न्यूनीकरण हुने अपेक्षा व्यक्त गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा आरएनपी-एआर (रिक्वायर्ड नेभिगेसन पर्फर्मान्स-अथोराइजेसन रिक्वायर्ड) एप्रोच प्रोसिड्योर कार्यान्वयन गर्न लागिएको हो। विमानस्थलको भौगोलिक अवस्थिति र पहाडी भूबनोटका कारण हाल कम भिजिबिलिटीमा उडान सञ्चालन गर्न चुनौती छ। प्राधिकरणले यसका लागि प्रारम्भिक प्राविधिक अध्ययन गरिसकेको छ।

यो प्रणालीले थ्री डाइमेन्सनल मार्गमार्फत विमानलाई सटिक रूपमा अवतरण गराउन मद्दत गर्छ। यसको मुख्य विशेषता भनेको घुमाउरो बाटोबाट पनि सुरक्षित अवतरण गराउन सक्ने क्षमता हो, जसले पहाड र बस्ती छल्न सहज बनाउँछ। साथै, प्रणालीमा त्रुटि देखिएमा यसले पाइलटलाई तत्काल अलर्ट गराउँछ।

यो प्रविधि प्रयोग गर्न विमानमा विशेष सफ्टवेयर र हार्डवेयर जडान हुनुपर्ने तथा पाइलटहरू तालिमप्राप्त हुनुपर्ने हुन्छ। यसले बाक्लो कुहिरो वा हुस्सु लागेको समयमा पनि ३ सय फिटको उचाइसम्म विमानलाई सुरक्षित रूपमा डोर्‍याउन सक्छ। हाल पोखरा विमानस्थलमा भीओआर/डीएमई र आईएलएस प्रणाली प्रयोग भइरहेको छ।

2