काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५७ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि साउन २ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ४५ करोड ६० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ८ करोड ५५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ८५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।
यो लगानी २०८२ साउन ६ गतेदेखि २०८३ साउन ६ गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।