Logo

सुनको भाउमा सामान्य वृद्धि, चाँदी भने स्थिर

अ+ अ-

काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ। यो सँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । यो सँगै आज चाँदी २ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा २ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।