Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

ओटिभ : रेल यात्राको नयाँ प्रविधि

रेल सञ्चालनलाई सुरक्षित, स्वचालित र प्रभावकारी बनाउने प्रविधि विकास गर्दै बेल्जियमको ओटिभले छोटो अवधिमै विश्वव्यापी बजारमा आफ्नो उपस्थिति विस्तार गरेको छ।

ओटिभ : रेल यात्राको नयाँ प्रविधि
A A+ A-

रेल यातायातलाई आधुनिक बनाउने दौडमा विश्वका धेरै देशले नयाँ प्रविधिमा लगानी गरिरहेका छन्।

तीव्र गतिको रेल, स्वचालित मेट्रो र डिजिटल नियन्त्रण प्रणालीले रेल सेवाको स्वरूप बदलिरहेका छन्। तर रेल सञ्चालनको एउटा महत्त्वपूर्ण चुनौती अझै बाँकी छ। रेललाई कसरी सुरक्षित रूपमा चलाउने, चालकको कामलाई कसरी सहज बनाउने र मानवीय त्रुटिको सम्भावना कसरी घटाउने?

यही प्रश्नको व्यावसायिक समाधान खोज्ने प्रयासबाट बेल्जियमको प्रविधि कम्पनी ओटिभ अघि आएको हो। रेल क्षेत्रमा कृत्रिम बुद्धिमत्ता, कम्प्युटर भिजन र स्वचालन प्रविधि प्रयोग गर्दै आएको कम्पनीले रेल चालकलाई सहयोग गर्ने प्रणालीदेखि टाढैबाट रेल सञ्चालन गर्न सकिने समाधानसम्म विकास गरिरहेको छ।

यसको व्यावसायिक यात्रा प्रविधिको नयाँ प्रयोगसँगै परम्परागत यातायात क्षेत्रमा नयाँ बजार सिर्जना गर्ने उद्यमशीलताको उदाहरण बनेको छ।

सन् २०२० मा बेल्जियमको घेन्ट सहरबाट सुरु भएको ओटिभले स्थापनाको पाँच वर्षमै युरोपेली प्रविधि बजारमा उल्लेखनीय पहिचान बनायो।

सन् २०२५ मा डेलोइटको टेक्नोलोजी फास्ट ५० सूचीमा बेल्जियमकै सबैभन्दा तीव्र गतिमा बढ्ने प्रविधि कम्पनीका रूपमा पहिलो स्थान हासिल गर्‍यो।

डेलोइटका अनुसार चार वर्षमा कम्पनीको आम्दानी ४ हजार ३६५.५२ प्रतिशतले बढेको थियो। यो वृद्धिदरले कम्पनीलाई गतिशीलता अर्थात् मोबिलिटी क्षेत्रको सबैभन्दा तीव्र गतिमा विस्तार हुने कम्पनीसमेत बनायो।

रेल स्वचालनको क्षेत्रमा काम गर्ने एउटा नयाँ कम्पनीले छोटो अवधिमा यस्तो उपलब्धि हासिल गर्नुको पछाडि केवल प्रविधि थिएन।

बजारमा रहेका वास्तविक समस्या पहिचान गर्ने क्षमता, परम्परागत उद्योगमा नयाँ समाधान प्रवेश गराउने रणनीति, चरणबद्ध उत्पादन विकास र ठूला रेल सञ्चालकसँग साझेदारी निर्माण गर्ने व्यावसायिक सोचले यसको विस्तारलाई गति दिएको थियो।

सडकको समस्याबाट रेलको सम्भावनासम्म

ओटिभको अवधारणा जन्मिनुअघि विश्वको प्रविधि बजारमा स्वचालित कारको चर्चा तीव्र थियो। सिलिकन भ्यालीदेखि युरोपसम्मका प्रविधि कम्पनी स्वचालित सवारीसाधन निर्माणमा ठूलो लगानी गरिरहेका थिए।

सडकमा चालकविहीन कार चलाउने प्रविधि विकास गर्नु धेरै उद्यमीको आकर्षण बनेको थियो। तर ओटिभका संस्थापक निल्स भान डामेले त्यही प्रवृत्तिभित्र अर्को सम्भावना देखे।

उनी अमेरिकाको सानफ्रान्सिस्कोमा रहँदा स्वचालित कार निर्माणमा काम गरिरहेका धेरै स्टार्टअप र प्रविधि कम्पनीसँग परिचित भएका थिए। त्यहाँ स्वचालित सवारीसाधनको प्रविधिमा भइरहेको लगानी र अनुसन्धानले उनलाई आकर्षित गर्‍यो।

तर उनले एउटा व्यावहारिक प्रश्न उठाए। सडकमा चल्ने कारलाई स्वचालित बनाउँदा पनि ट्राफिक जामको समस्या त यथावत् रहन्छ। त्यसो भए प्रविधिको प्रयोगबाट यातायात प्रणालीमा अझ ठूलो प्रभाव पार्न सकिने क्षेत्र कुन हो?

उनको ध्यान रेल यातायाततर्फ गयो।

रेलले सडकको तुलनामा धेरै यात्रु तथा सामान एकैपटक बोक्न सक्छ। लामो दूरीको ढुवानीमा रेलको उपयोग बढाउन सके सडकमा सवारी चाप घटाउन सकिन्छ।

रेल सञ्चालनलाई स्वचालित र प्रभावकारी बनाउन सके सञ्चालन खर्च, दुर्घटनाको जोखिम र जनशक्तिको अभावजस्ता समस्या पनि सम्बोधन गर्न सकिन्छ। यही सम्भावनाले उनलाई रेल क्षेत्रमा स्वचालन प्रविधि विकास गर्ने सोचतर्फ डोर्‍यायो।

सहसंस्थापक साम डे स्मेटसँग मिलेर उनले यो विचारलाई व्यावसायिक योजनामा रूपान्तरण गरे। दुवैको उद्देश्य परम्परागत रेल उद्योगमा कृत्रिम बुद्धिमत्ता र स्वचालित प्रविधिको प्रयोग विस्तार गर्नु थियो। सन् २०२० मा घेन्टमा ओटिभ स्थापना भयो।

कम्पनीको सुरुवाती सोच पूर्ण रूपमा चालकविहीन रेल बनाउने मात्र थिएन। रेल सञ्चालनमा रहेका तत्कालीन समस्या समाधान गर्ने प्रविधि विकास गर्नु पनि थियो।

विशेषगरी रेलको चालकले देख्न नसक्ने अवरोध पहिचान गर्ने, दुर्घटनाको सम्भावना घटाउने र जटिल वातावरणमा रेल सञ्चालनलाई सुरक्षित बनाउने प्रणाली विकास गर्ने योजना बनाइयो।

कम्पनीका संस्थापकले सुरुवातमै एउटा महत्त्वपूर्ण व्यावसायिक निर्णय गरे। उनीहरूले स्वचालित कारको बजारमा प्रतिस्पर्धा गर्नुभन्दा रेल क्षेत्रमा नयाँ प्रविधिको आवश्यकता पहिचान गरे। त्यहाँ ठूला कम्पनीको उपस्थिति भए पनि स्वचालनका लागि नयाँ प्रविधि विकास गर्ने स्टार्टअपको अवसर थियो।

साम डे स्मेटले आफ्नो प्रारम्भिक व्यावसायिक सोचबारे बताउँदै रेल क्षेत्रलाई सुरक्षित र प्रभावकारी बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको उल्लेख गरेका छन्। कम्पनीले शहरी ट्राम, औद्योगिक क्षेत्रमा चल्ने रेल र यात्रु तथा मालवाहक मुख्य रेलमार्गलाई आफ्नो सम्भावित बजारका रूपमा हेरेको थियो।

ओटिभको जन्म भएको दुई सातामै कोभिड महामारीले विश्वव्यापी व्यापार र आर्थिक गतिविधि प्रभावित बनायो। नयाँ कम्पनीका लागि यो ठूलो चुनौती थियो।

लगानी जुटाउने, ग्राहकसँग भेटघाट गर्ने, उत्पादन परीक्षण गर्ने र व्यावसायिक साझेदारी निर्माण गर्ने काम कठिन बने। तर संस्थापकले खर्च नियन्त्रण गर्दै सानो टोलीबाट प्रविधि विकासको काम जारी राखे।

सन् २०२१ मा कम्पनीले पहिलो चरणको लगानी जुटायो। पिचड्राइभ फन्ड, विभिन्न एन्जल लगानीकर्ता र पहिले नै सहयोग गरिरहेको इमेक.इस्टार्टले लगानी तथा सहयोग उपलब्ध गराए। यसले उत्पादन विकास र व्यावसायिक परीक्षणलाई अघि बढाउन सहयोग गर्‍यो।

ओटिभले सुरुमा ठूलो बजारमा एकैपटक प्रवेश गर्ने प्रयास गरेन। उसले रेल सञ्चालनका तुलनात्मक रूपमा सहज र स्पष्ट समस्या भएका क्षेत्रमा प्रविधि परीक्षण गर्ने बाटो रोज्यो। यसले नयाँ प्रविधिप्रति ग्राहकको विश्वास निर्माण गर्न र उत्पादनलाई वास्तविक आवश्यकताअनुसार सुधार गर्न मद्दत गर्‍यो।

रेललाई आफैँ चल्न सिकाउने प्रविधि

ओटिभको व्यवसायको केन्द्रमा कृत्रिम बुद्धिमत्ता, सेन्सर, क्यामेरा, राडार र लिडार प्रविधिको संयोजन छ। यी प्रविधिले रेलको अगाडि तथा वरपरको वातावरण पहिचान गर्छन्।

रेलको बाटोमा मानिस, गाडी, साइकल, अन्य रेल वा कुनै अवरोध छ कि छैन भन्ने जानकारी प्रणालीले संकलन गर्छ। त्यसपछि सफ्टवेयरले ती वस्तुको अवस्था र सम्भावित गतिविधिको विश्लेषण गर्छ।

सामान्य भाषामा बुझ्दा, रेल चालकको आँखाले देख्नेभन्दा धेरै सूचना प्रविधिको सहायताले संकलन गरेर चालकलाई समयमै जानकारी दिने प्रणाली नै ओटिभको प्रारम्भिक उत्पादनको आधार हो।

सडकमा चल्ने कारमा प्रयोग हुने चालक सहायता प्रणालीजस्तै रेलमा पनि यस्तो प्रविधि उपयोगी हुन सक्छ। तर रेलको वातावरण सडकभन्दा फरक हुन्छ। रेल निश्चित ट्र्याकमा चल्छ।

त्यसको गति, तौल, ब्रेक लाग्ने दूरी र सञ्चालन प्रणाली पनि फरक हुन्छ। ट्रामले भने सहरका सडक, पैदलयात्री, साइकल, बस र निजी सवारीसँग एउटै क्षेत्रमा यात्रा गर्नुपर्छ। औद्योगिक क्षेत्रमा चल्ने रेलले कारखाना, गोदाम, मालवाहक गाडी र कामदारसँग समन्वय गर्नुपर्ने हुन्छ।

यस्तो जटिल वातावरणमा चालकले सबै सम्भावित जोखिम एकैपटक देख्न र तत्काल प्रतिक्रिया दिन सधैँ सम्भव हुँदैन। यही सीमालाई प्रविधिले पूर्ति गर्न सक्छ।

ओटिभले विकास गरेको प्रणालीले क्यामेरा र अन्य सेन्सरबाट प्राप्त दृश्य तथा तथ्यांक विश्लेषण गरेर सम्भावित जोखिम पहिचान गर्छ। कुनै वस्तु रेलको बाटोमा प्रवेश गर्न लागेको छ वा अगाडि रहेको सवारीसँग ठोक्किने जोखिम छ भने चालकलाई चेतावनी दिन सक्छ। उत्पादनको प्रकृति र सञ्चालनको आवश्यकताअनुसार प्रणालीले श्रव्य तथा दृश्य संकेत दिनुका साथै स्वचालित ब्रेकिङमा समेत सहयोग गर्न सक्छ।

यसले दुर्घटना रोक्न मात्र होइन, रेल सञ्चालनको विश्वसनीयता बढाउन पनि मद्दत पुर्‍याउँछ। रेलमा हुने सानो दुर्घटनाले पनि ठूलो आर्थिक क्षति निम्त्याउन सक्छ।

रेलको इन्जिन, डिब्बा वा अन्य संरचनामा क्षति पुगेमा मर्मत खर्च बढ्छ। रेल सेवा अवरुद्ध हुँदा यात्रु र सामान ढुवानी प्रभावित हुन्छ। औद्योगिक क्षेत्रमा रेल सञ्चालन रोकिँदा उत्पादन प्रक्रियासमेत प्रभावित हुन सक्छ।

ओटिभले यस्ता समस्या कम गर्न सकिने सम्भावनालाई आफ्नो व्यावसायिक प्रस्तावको केन्द्रमा राखेको छ।

कम्पनीको प्रविधि विकासलाई चार चरणमा विभाजन गरिएको छ। पहिलो चरणमा रेल चालकलाई सहयोग गर्ने प्रणाली, दोस्रोमा उन्नत वस्तु पहिचान र जोखिम विश्लेषण, तेस्रोमा टाढैबाट रेल सञ्चालन तथा निगरानी र चौथोमा पूर्ण स्वचालित रेल सञ्चालनको लक्ष्य राखिएको छ।

पहिलो उत्पादन ओटिभ.वान औद्योगिक रेल तथा शण्टिङ सञ्चालनमा सहयोग पुर्‍याउने क्यामेरा प्रणाली हो। रेलको डिब्बा जोड्ने, छुट्याउने, कारखानाभित्र सामान ओसार्ने र सीमित क्षेत्रमा रेललाई अगाडि पछाडि चलाउने कामलाई शण्टिङ भनिन्छ।

यस्तो काममा चालक वा कामदारले रेलको पछाडिको भाग, छेउ र आसपासको अवस्था हेर्न कठिनाइ भोग्न सक्छन्। ओटिभ.वानले क्यामेराको माध्यमबाट दृश्यता बढाएर कामदारको सुरक्षा र सञ्चालनको प्रभावकारिता सुधार्ने लक्ष्य राखेको छ।

दोस्रो उत्पादन ओटिभ.टु उन्नत चालक सहायता प्रणाली हो। यसले ट्राम र अन्य रेलको अगाडिको वातावरण पहिचान गर्छ। क्यामेरा, लिडार र कृत्रिम बुद्धिमत्ताको सहायताले वस्तुको पहिचान तथा त्यसको सम्भावित गति विश्लेषण गर्छ। जोखिम देखिएमा चालकलाई चेतावनी दिन्छ। आवश्यक अवस्थामा स्वचालित ब्रेकिङमा समेत सहयोग गर्न सक्छ।

तेस्रो उत्पादन ओटिभ.थ्री टाढाबाट रेल सञ्चालन तथा निगरानी गर्ने प्रणाली हो। यसमा चालकलाई सधैँ रेलको क्याबिनमै राख्नुपर्ने बाध्यता कम गर्ने उद्देश्य छ।

औद्योगिक क्षेत्रमा रेललाई टाढैबाट नियन्त्रण गर्न सकिने प्रणाली विकास गर्नु यसको मुख्य लक्ष्य हो। यसले एक व्यक्तिले विभिन्न रेल तथा सवारीसाधनको सञ्चालन व्यवस्थापन गर्न सक्ने सम्भावना खोल्छ।

चौथो उत्पादन ओटिभ.फोर पूर्ण स्वचालित रेल सञ्चालनको प्रविधि हो। यसको लक्ष्य रेललाई चालकको प्रत्यक्ष नियन्त्रणबिना नै सञ्चालन गर्न सक्ने बनाउनु हो। यसका लागि रेलले आफ्नो वरपरको वातावरण पहिचान गर्ने, सम्भावित जोखिमको अनुमान गर्ने, गति र दिशा नियन्त्रण गर्ने तथा आवश्यक अवस्थामा सुरक्षित रूपमा रोकिने क्षमता विकास गर्नुपर्छ।

यद्यपि पूर्ण स्वचालित रेल सञ्चालन कम्पनीको दीर्घकालीन प्रविधि लक्ष्य हो। कम्पनीले आफ्नै वेबसाइटमा यससम्बन्धी अनुसन्धान तथा विकासका परियोजना जारी रहेको र पहिलो पूर्ण स्वचालित समाधान विकास गर्ने काम भइरहेको जनाएको छ।

त्यसैले कम्पनीका सबै उत्पादनलाई अहिले नै पूर्ण रूपमा चालकविहीन रेल सञ्चालनमा प्रयोग भइरहेको प्रविधिका रूपमा बुझ्नु हुँदैन।

सानो परीक्षणबाट ठूला रेल सञ्चालकसम्म

नयाँ प्रविधि विकास गर्नु र त्यसलाई वास्तविक बजारमा बिक्री गर्न सक्नु फरक कुरा हुन्। विशेषगरी रेल उद्योगमा नयाँ प्रविधि भित्र्याउन लामो परीक्षण, सुरक्षा मापदण्ड, प्राविधिक प्रमाणीकरण र सञ्चालकको विश्वास आवश्यक हुन्छ।

ओटिभले यो चुनौती सुरुवातमै बुझ्यो। त्यसैले कम्पनीले पहिलो चरणमा रेल उद्योगका ठूला सञ्चालकसँग परीक्षण तथा सहकार्यको अवसर खोज्यो। सन् २०२१ मा नेदरल्यान्ड्सको राष्ट्रिय रेल सञ्चालक नेदरल्यान्ड्स स्पोरवेगेनसँग सहकार्यको घोषणा गर्‍यो।

यस परियोजनामा ओटिभले रेलको अगाडिको वातावरण पहिचान गर्ने प्रणाली परीक्षण गर्ने अवसर पायो। परीक्षणका लागि प्रयोग गरिएको स्प्रिन्टर रेलमा क्यामेरा, राडार र लिडारसहितको सेन्सर प्रणाली जडान गरिएको थियो। प्रणालीले रेलको बाटोमा रहेका वस्तु पहिचान गर्ने र तिनको दूरी तथा गहिराइ मापन गर्ने क्षमताको परीक्षण गरेको थियो।

यो परियोजना ओटिभका लागि महत्त्वपूर्ण थियो। किनभने नयाँ कम्पनीको प्रविधि वास्तविक रेलमा परीक्षण गर्ने अवसर प्राप्त हुनु आफैँमा ठूलो उपलब्धि थियो। यसले उत्पादनको प्राविधिक क्षमता जाँच्न मात्र होइन, रेल उद्योगका आवश्यकताबारे प्रत्यक्ष अनुभव हासिल गर्न पनि सहयोग गर्‍यो।

त्यसपछि कम्पनीले युरोपेली रेल उद्योगमा आफ्नो पहुँच विस्तार गर्ने प्रयास गर्‍यो। सन् २०२२ मा कम्पनीले नेदरल्यान्ड्सको बेटुवेरुट रेलमार्गमा स्वचालित तथा टाढाबाट नियन्त्रण गर्न सकिने भारी मालवाहक रेलको सञ्चालन परीक्षणका लागि बहुवर्षीय सम्झौता प्राप्त गरेको घोषणा गर्‍यो। यो परियोजना युरोपेली मालवाहक रेल सञ्चालनलाई स्वचालित बनाउने प्रयाससँग जोडिएको थियो।

यससँगै कम्पनीले लगानी पनि जुटायो।

सन् २०२२ को अन्त्यतिर नेदरल्यान्ड्सको सिफ्ट इन्भेस्ट र बेल्जियमको फिनिन्डसको नेतृत्वमा कम्पनीले सिरिज ए लगानी प्राप्त गर्‍यो।

पहिले नै सहयोग गरिरहेको इमेक.इस्टार्ट पनि यसमा सहभागी भयो। लगानीको रकम सार्वजनिक गरिएको थिएन। तर यसबाट कम्पनीले प्रविधि विकास, परीक्षण र व्यावसायिक विस्तारलाई गति दिने योजना बनाएको थियो।

ओटिभले आफ्नो बजार रणनीतिमा औद्योगिक रेललाई प्राथमिकता दिनुको कारण पनि व्यावहारिक थियो। सहरको व्यस्त सडकमा चल्ने ट्रामलाई पूर्ण रूपमा स्वचालित बनाउनु प्राविधिक र कानुनी दुवै दृष्टिले जटिल हुन्छ।

त्यहाँ पैदलयात्री, साइकल, निजी सवारी, ट्राफिक संकेत र अन्य धेरै पक्षसँग एकैपटक समन्वय गर्नुपर्छ। तर कारखाना, बन्दरगाह वा औद्योगिक परिसरभित्र चल्ने रेलको वातावरण तुलनात्मक रूपमा नियन्त्रित हुन्छ।

औद्योगिक क्षेत्रमा पहिले नै धेरै प्रक्रिया स्वचालित भइसकेका हुन्छन्। त्यहाँ रेलको आवागमन र सञ्चालन क्षेत्र पनि निश्चित हुन्छ। त्यसैले नयाँ प्रविधि परीक्षण गर्न र त्यसलाई वास्तविक सञ्चालनमा प्रयोग गर्न तुलनात्मक रूपमा सहज हुन्छ।

कम्पनीका सहसंस्थापक निल्स भान डामेले बेल्जियमको उद्यम तथा नवप्रवर्तनसम्बन्धी सरकारी निकायसँगको अन्तर्वार्तामा स्वचालनलाई एकैपटक पूर्ण रूपमा लागू गर्न नसकिने बताएका छन्।

उनका अनुसार पहिले चालकलाई दुर्घटना टार्न सहयोग गर्ने प्रणाली विकास गर्नुपर्छ। त्यसपछि टाढाबाट नियन्त्रण गर्ने प्रविधि र अन्ततः पूर्ण स्वचालित सञ्चालनतर्फ जान सकिन्छ।

यही चरणबद्ध रणनीतिले ओटिभलाई परम्परागत रेल उद्योगमा प्रवेश गर्ने बाटो खोल्यो।

सन् २०२३ र २०२४ मा कम्पनीले शहरी ट्राम क्षेत्रमा पनि आफ्नो प्रविधि परीक्षण विस्तार गर्‍यो। बेल्जियमको तटीय ट्राम सेवामा ओटिभ, ट्राम निर्माता सीएएफ र सार्वजनिक यातायात सञ्चालक डे लायनबीच सहकार्य भयो। यो तटीय ट्राम विश्वकै सबैभन्दा लामो ट्राम मार्गका रूपमा चिनिन्छ। त्यहाँ विभिन्न सहर, समुद्री तटीय क्षेत्र र व्यस्त सडक हुँदै ट्राम सञ्चालन हुन्छ।

यस परियोजनामा ट्राममा सेन्सर जडान गरेर वरपरको वातावरणको तथ्यांक संकलन गरिएको थियो। पैदलयात्री, साइकल चालक र सवारीसाधनको गतिविधि पहिचान गर्ने तथा सम्भावित जोखिमको पूर्वानुमान गर्ने प्रविधि परीक्षण गरिएको थियो।

परीक्षणको सुरुवाती चरणमा प्रणालीले तथ्यांक संकलन र विश्लेषण गरे पनि चालकलाई प्रत्यक्ष चेतावनी दिने सुविधा लागू गरिएको थिएन। यसको उद्देश्य प्रविधिको क्षमता र वास्तविक वातावरणमा त्यसको प्रभावकारिता परीक्षण गर्नु थियो।

त्यस्तै, नेदरल्यान्ड्सको रोटरड्याममा सार्वजनिक यातायात सञ्चालक आरईटी र मोबिलिटी ४२ सँग मिलेर ‘दि स्लिम ट्राम’ परियोजनामा पनि ओटिभ.टुको परीक्षण अघि बढाइएको थियो। सहरको व्यस्त क्षेत्रमा चल्ने ट्राममा ठोक्किने जोखिम कम गर्ने र चालकलाई सुरक्षित निर्णय लिन सहयोग गर्ने प्रणाली परीक्षण गरिएको थियो।

यी परियोजनाले ओटिभलाई रेल उद्योगका विभिन्न पक्षसँग जोड्न मद्दत गरे। रेल सञ्चालक, ट्राम निर्माता, औद्योगिक कम्पनी र प्रविधि साझेदारसँगको सहकार्यले कम्पनीको बजार विस्तारको आधार तयार गर्‍यो।

चार वर्षमा ४३६५ प्रतिशत आम्दानी वृद्धि

ओटिभको व्यावसायिक विस्तारको सबैभन्दा उल्लेखनीय तथ्यांक सन् २०२५ मा सार्वजनिक भयो। डेलोइटले सार्वजनिक गरेको टेक्नोलोजी फास्ट ५० सूचीमा कम्पनी पहिलो स्थानमा रह्यो। डेलोइटका अनुसार चार वर्षको अवधिमा कम्पनीको आम्दानी ४ हजार ३६५.५२ प्रतिशतले बढेको थियो।

यो सूची बेल्जियमका तीव्र गतिमा विस्तार भइरहेका प्रविधि कम्पनीको आम्दानी वृद्धिका आधारमा तयार गरिन्छ। त्यसैले ओटिभको उपलब्धि कुनै लोकप्रियता वा सामाजिक सञ्जालमा प्राप्त चर्चामा आधारित थिएन। कम्पनीको व्यावसायिक आम्दानीमा भएको वृद्धिले उक्त स्थान निर्धारण गरेको थियो।

कम्पनीले सन् २०२३ मा डेलोइटको राइजिङ स्टार अवार्ड पनि जितेको थियो। त्यसको दुई वर्षपछि मुख्य टेक्नोलोजी फास्ट ५० प्रतिस्पर्धामा पहिलो स्थान हासिल गर्नु उसको व्यावसायिक विस्तारको अर्को महत्त्वपूर्ण संकेत बन्यो।

यद्यपि ४ हजार ३६५ प्रतिशत आम्दानी वृद्धि हुनुको अर्थ कम्पनीले त्यति रकम आम्दानी गरेको भन्ने होइन। यो चार वर्षको अवधिमा आम्दानी कति प्रतिशतले बढ्यो भन्ने मापन हो।

कम्पनीको कुल वार्षिक बिक्री वा नाफाको पूर्ण विवरण सार्वजनिक नभएकाले त्यसको वास्तविक रकमलाई अलग रूपमा अनुमान गर्नु उचित हुँदैन। तर छोटो अवधिमा आम्दानीमा भएको तीव्र वृद्धिले कम्पनीका उत्पादनको व्यावसायिक माग बढिरहेको संकेत गर्छ।

यस सफलताको पछाडि बजार प्रवेशको रणनीति महत्त्वपूर्ण देखिन्छ। ओटिभले सुरुवातमै सबै रेललाई चालकविहीन बनाउने ठूलो परियोजना खोजेन। उसले औद्योगिक क्षेत्रका साना र व्यावहारिक समस्या समाधान गर्ने उत्पादन विकास गर्‍यो। त्यसपछि ट्राम र मुख्य रेलमार्गमा आफ्नो प्रविधि परीक्षण गर्‍यो।

कम्पनीले रेल सञ्चालकसँग सहकार्य गरेर वास्तविक सञ्चालनको अनुभव प्राप्त गर्‍यो। यसबाट उत्पादन सुधार गर्न, ग्राहकको विश्वास जित्न र नयाँ बजारमा प्रवेश गर्न सहयोग मिल्यो।

ओटिभको व्यवसाय मुख्यतः संस्थागत ग्राहकमा आधारित छ। यसको ग्राहक साधारण यात्रु होइनन्। रेल सञ्चालक, औद्योगिक कम्पनी, रेल पूर्वाधार व्यवस्थापक र रेल निर्माण गर्ने कम्पनी यसको सम्भावित बजार हुन्। त्यसैले एउटा ग्राहकसँगको सम्झौता पनि ठूलो व्यावसायिक अवसर बन्न सक्छ।

रेल उद्योगमा प्रविधि बिक्रीको प्रक्रिया सामान्य उपभोक्ता उत्पादनभन्दा फरक हुन्छ। कुनै कम्पनीले मोबाइल एप वा सामान्य सफ्टवेयर किनेजस्तो तुरुन्त निर्णय गर्न सक्दैन।

रेल सञ्चालनमा सुरक्षा, प्राविधिक अनुकूलता र दीर्घकालीन विश्वसनीयता महत्त्वपूर्ण हुन्छ। नयाँ प्रणालीले पुरानो रेल संरचनासँग काम गर्न सक्छ कि सक्दैन, त्यसले चालकको काममा कस्तो प्रभाव पार्छ र दुर्घटनाको जोखिम घटाउन कति सहयोग गर्छ भन्ने विषय परीक्षण गर्नुपर्छ।

यसले बिक्री प्रक्रिया लामो बनाउँछ। तर एकपटक प्रणाली स्वीकृत भएर प्रयोगमा आएपछि ग्राहकसँग दीर्घकालीन व्यावसायिक सम्बन्ध विकास हुन सक्छ। ओटिभले यही विशेषतालाई अवसरका रूपमा उपयोग गरेको देखिन्छ।

सन् २०२५ को अन्त्यसम्म आइपुग्दा कम्पनीले आफ्नो व्यावसायिक विस्तारका लागि अर्को ठूलो कदम चाल्यो। डिसेम्बर १५ मा ओटिभले ९० लाख युरो अर्थात् करिब ९० लाख युरो बराबरको वृद्धि लगानी जुटाएको घोषणा गर्‍यो।

बेल्जियमको भेन्चर क्यापिटल फन्ड माइल्स अहेडको सहनेतृत्वमा भएको लगानीमा पहिलेका लगानीकर्ता सिफ्ट इन्भेस्ट र फिनिन्डस पनि सहभागी थिए। अन्य लगानी साझेदारमध्ये पिचड्राइभ र इमेक.इस्टार्टको निरन्तर सहयोगसमेत रहेको छ।

कम्पनीका अनुसार यो रकम व्यावसायिक उत्पादनको बजार विस्तार, अन्तर्राष्ट्रिय परिचालन र पूर्ण स्वचालित रेल प्रविधिको विकासमा प्रयोग गरिनेछ। यसले ओटिभको व्यावसायिक यात्रामा लगानीकर्ताको विश्वास र रेल स्वचालन बजारको सम्भावनालाई पनि देखाउँछ।

लगानीको रकम जुटाउनु मात्रै कम्पनीको सफलता होइन। त्यसलाई उत्पादन विकास, ग्राहक विस्तार र आम्दानी वृद्धिमा रूपान्तरण गर्न सक्नु महत्त्वपूर्ण हुन्छ। ओटिभले अब प्राप्त पुँजीलाई व्यावसायिक विस्तारमा कसरी प्रयोग गर्छ भन्ने विषय उसको आगामी सफलताको मुख्य आधार बन्नेछ।

अन्तर्राष्ट्रिय बजारमा विस्तार

ओटिभले आफ्नो प्रविधि बेल्जियममा मात्र सीमित राखेको छैन। कम्पनीले युरोप र अमेरिकामा रेल सञ्चालक तथा औद्योगिक कम्पनीसँग सहकार्य विस्तार गरेको छ। यसको व्यावसायिक सञ्जालमा डच रेल सञ्चालक एनएस, प्रोरैल, डीबी कार्गो, एसएनसीएफ, आर्सेलरमित्तल, सीएएफ, डे लायन र अन्य औद्योगिक तथा रेल क्षेत्रका साझेदार जोडिएका छन्।

यी सबै संस्थासँगको सम्बन्ध एउटै प्रकृतिको व्यावसायिक सम्झौता होइन। कतिपयसँग प्रविधि परीक्षण, कतिपयसँग अनुसन्धान तथा विकास र कतिपयसँग उत्पादन प्रयोग तथा व्यावसायिक सहकार्यका काम भएका छन्। तर यस्ता साझेदारीले ओटिभलाई अन्तर्राष्ट्रिय रेल उद्योगका ठूला संस्थासँग प्रत्यक्ष काम गर्ने अवसर दिएको छ।

कम्पनीको बजार रणनीति तीन मुख्य क्षेत्रमा केन्द्रित छ। पहिलो औद्योगिक रेल हो।

स्टिल उद्योग, रासायनिक कारखाना, बन्दरगाह तथा ठूला उत्पादन केन्द्रमा सामान ओसार्न रेल प्रयोग हुन्छ। यस्ता स्थानमा रेलको आवागमन नियमित भए पनि कामदार, अन्य सवारी र मालसामानको गतिविधिले दुर्घटनाको जोखिम बढाउँछ।

रेललाई अगाडि पछाडि चलाउने, डिब्बा जोड्ने र छुट्याउने काममा पनि धेरै श्रम खर्च हुन्छ। ओटिभको क्यामेरा तथा सहायता प्रणालीले यस्तो सञ्चालनलाई सुरक्षित र प्रभावकारी बनाउन सक्छ।

दोस्रो शहरी रेल तथा ट्राम हो। यस्ता सवारीसाधनले सहरका व्यस्त सडक र पैदलयात्रीसँग एउटै स्थान साझा गर्छन्। ट्राम चालकले ट्राफिक संकेत, सडकमा रहेका अन्य सवारी, पैदलयात्री र साइकल चालकको गतिविधि एकैपटक निगरानी गर्नुपर्छ। प्रविधिको सहायताले सम्भावित दुर्घटना पहिचान गर्न र चालकलाई समयमै चेतावनी दिन सकिन्छ।

तेस्रो मुख्य रेलमार्ग हो। यसमा यात्रु तथा मालवाहक रेल सञ्चालन पर्छन्। रेलको गति, तौल र सञ्चालन क्षेत्र ठूलो हुने भएकाले यहाँ स्वचालन प्रविधिको प्रयोगका लागि थप सुरक्षा परीक्षण र प्राविधिक प्रमाणीकरण आवश्यक हुन्छ। ओटिभले यस क्षेत्रमा चालक सहायता, टाढाबाट नियन्त्रण र पूर्ण स्वचालनको सम्भावना विकास गरिरहेको छ।

कम्पनीको अन्तर्राष्ट्रिय विस्तारमा युरोपेली रेल उद्योगको संरचनाले पनि भूमिका खेलेको छ। युरोपका धेरै देशबीच रेलमार्ग जोडिएका छन्। यात्रु तथा मालवाहक रेलले सीमापार सेवा दिन्छन्। त्यसैले एउटा देशमा सफल भएको प्रविधिलाई आवश्यक मापदण्ड पूरा गरेर अन्य देशमा पनि विस्तार गर्न सकिने सम्भावना हुन्छ।

तर बजार विस्तारका चुनौती पनि छन्। हरेक देशको रेल सञ्चालन प्रणाली, सुरक्षा मापदण्ड र नियामकीय व्यवस्था फरक हुन सक्छ। एउटै प्रविधि सबै प्रकारका रेलमा जस्ताको तस्तै प्रयोग गर्न सकिँदैन। पुराना रेलमा नयाँ सेन्सर र सफ्टवेयर जडान गर्नुपर्ने हुन सक्छ। नयाँ रेल निर्माण गर्ने कम्पनीसँग सुरुदेखि नै प्रविधि समावेश गर्ने सहकार्य आवश्यक पर्न सक्छ।

ओटिभले आफ्ना उत्पादनलाई विभिन्न प्रकारका रेलमा प्रयोग गर्न मिल्ने गरी विकास गरिरहेको छ। पुराना रेलमा जडान गर्न सकिने प्रणाली र नयाँ रेलमा निर्माणकै क्रममा समावेश गर्न सकिने प्रविधि दुवै यसको बजार रणनीतिमा छन्।

लगानी, जनशक्ति र प्रविधिको भविष्य

गहिरो प्रविधिमा आधारित कम्पनी निर्माण गर्न केवल व्यावसायिक विचार पर्याप्त हुँदैन। अनुसन्धानकर्ता, सफ्टवेयर इन्जिनियर, मेसिन लर्निङ विशेषज्ञ, हार्डवेयर विकासकर्ता र रेल सञ्चालनसम्बन्धी विज्ञको टोली आवश्यक हुन्छ। ओटिभको सुरुवाती चरणमा यही जनशक्ति र अनुसन्धान खर्च व्यवस्थापन गर्नु ठूलो चुनौती थियो।

कम्पनीले बेल्जियमको इमेक.इस्टार्टजस्ता प्रविधि प्रवर्द्धन गर्ने संस्थाबाट सहयोग प्राप्त गर्‍यो। बेल्जियमको उद्यम तथा नवप्रवर्तन एजेन्सी भिएलएआईओबाट अनुसन्धान र उत्पादन विकाससम्बन्धी सहयोग तथा अनुदान प्राप्त भयो। युरोपेली संघको ईआईटी अर्बन मोबिलिटी कार्यक्रमबाट पनि कम्पनीले सहयोग पाएको थियो।

सुरुवाती चरणमा यस्तो संस्थागत सहयोगले नयाँ कम्पनीलाई बजारमा प्रवेश गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। अनुसन्धान र विकासमा धेरै समय तथा पुँजी खर्च गर्नुपर्ने प्रविधि कम्पनीले तत्काल ठूलो आम्दानी गर्न नसक्न सक्छ। त्यसैले प्रारम्भिक लगानी, अनुदान र परीक्षण परियोजनाले उत्पादनलाई व्यावसायिक बनाउन सहयोग पुर्‍याउँछन्।

ओटिभले लगानी जुटाउने क्रममा आफ्नो प्रविधिको सम्भावना मात्र प्रस्तुत गरेन। उसले ग्राहकले भोगिरहेका वास्तविक समस्या र त्यसको व्यावसायिक समाधान पनि देखायो। औद्योगिक क्षेत्रमा रेल दुर्घटनाले निम्त्याउने मर्मत खर्च, कामदारको सुरक्षा, चालकको अभाव र सञ्चालनमा हुने ढिलाइ कम्पनीका उत्पादनले सम्बोधन गर्न सक्ने विषय थिए।

यसले लगानीकर्तालाई प्रविधिको सम्भावित बजार बुझ्न सहज बनायो। सन् २०२५ मा प्राप्त ९० लाख युरोको वृद्धि लगानीले कम्पनीलाई व्यावसायिक उत्पादन विस्तार र पूर्ण स्वचालित रेल प्रविधिको अनुसन्धान अघि बढाउन थप स्रोत उपलब्ध गराएको छ।

तर रेल स्वचालनको भविष्य केवल प्रविधि विकासमा निर्भर हुँदैन। सुरक्षा मापदण्ड, कानुनी अनुमति र सार्वजनिक विश्वास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। चालकविहीन रेल सञ्चालन गर्दा कुनै अवरोध आएमा प्रणालीले कसरी प्रतिक्रिया दिन्छ, सञ्चार सम्पर्क टुटेमा के हुन्छ, आपत्कालीन अवस्थामा रेल कसरी रोकिन्छ र यात्रु तथा कामदारको सुरक्षा कसरी सुनिश्चित हुन्छ भन्ने प्रश्नको जवाफ दिनुपर्छ।

ओटिभले पूर्ण स्वचालित रेल सञ्चालनका लागि आफ्नै सिमुलेटर पनि विकास गरेको छ। यसले वास्तविक रेलमा परीक्षण गर्न कठिन हुने वा विरलै देखिने जोखिमपूर्ण अवस्था कृत्रिम वातावरणमा परीक्षण गर्न सहयोग गर्छ।

रेलको अगाडि अचानक अवरोध देखिएमा, असामान्य परिस्थिति आएमा वा प्रणालीले गलत सूचना पाएमा कस्तो प्रतिक्रिया दिनुपर्छ भन्ने विषय सिमुलेसनमार्फत जाँच गर्न सकिन्छ।

कम्पनीको ओटिभ.फोर परियोजना यही दिशामा केन्द्रित छ। तर कम्पनीले यसलाई पूर्ण रूपमा व्यावसायिक रूपमा स्थापित भइसकेको उत्पादनका रूपमा प्रस्तुत गरेको छैन। पहिलो पूर्ण स्वचालित समाधान विकास गर्न विभिन्न साझेदारसँग अनुसन्धान तथा विकासका परियोजना जारी रहेको कम्पनीले जनाएको छ।

यसबाट एउटा कुरा स्पष्ट हुन्छ। रेल स्वचालनको बजारमा प्रवेश गर्न प्रविधिको क्षमता मात्र पर्याप्त हुँदैन। त्यसलाई सुरक्षित, भरपर्दो र नियामकीय मापदण्डअनुकूल बनाउनु आवश्यक हुन्छ। यही कारणले ओटिभले चालक सहायता प्रणालीबाट सुरुवात गरेर क्रमशः टाढाबाट नियन्त्रण र पूर्ण स्वचालनतर्फ जाने रणनीति अपनाएको छ।

प्रविधिले बदल्न खोजेको रेल उद्योग

विश्वको यातायात प्रणालीमा रेलको महत्त्व फेरि बढिरहेको छ। सडकमा सवारी चाप, इन्धन खपत र प्रदूषण बढ्दै जाँदा लामो दूरीको यात्रु तथा मालसामान ढुवानीमा रेललाई प्रभावकारी विकल्पका रूपमा हेरिएको छ। तर रेल यातायातलाई प्रतिस्पर्धी बनाउन यसको सञ्चालन लागत घटाउन, समयपालन सुधार्न र सुरक्षालाई बलियो बनाउन आवश्यक छ।

रेल उद्योगमा दक्ष चालकको अभाव पनि चुनौतीका रूपमा देखिएको छ। धेरै देशमा अनुभवी कर्मचारी अवकाशमा जाने क्रम बढिरहेको छ। नयाँ जनशक्ति भर्ना र तालिम दिन समय लाग्छ। यस्तो अवस्थामा चालकलाई सहयोग गर्ने र सञ्चालनमा स्वचालन ल्याउने प्रविधिले उपलब्ध जनशक्तिको प्रभावकारी उपयोग गर्न मद्दत गर्न सक्छ।

ओटिभको दूरनियन्त्रण प्रणालीले एउटै व्यक्तिबाट एकभन्दा बढी रेल सञ्चालनको निगरानी तथा नियन्त्रण सम्भव बनाउने लक्ष्य राखेको छ। यसले औद्योगिक क्षेत्रमा रेल सञ्चालनको कार्यक्षमता बढाउन सक्छ।

तर यसको प्रयोगले चालकको भूमिका तत्काल समाप्त गर्ने होइन। बरु जोखिमपूर्ण र दोहोरिने काममा प्रविधिको सहयोग लिएर मानव जनशक्तिलाई अझ प्रभावकारी रूपमा परिचालन गर्ने सम्भावना खोल्छ।

कम्पनीले रेल उद्योगमा हुने दुर्घटना, मर्मत खर्च र ढिलाइ कम गर्न सकिने सम्भावनालाई पनि आफ्नो व्यावसायिक प्रस्तावको आधार बनाएको छ। औद्योगिक क्षेत्रमा एउटा रेल दुर्घटनाले ठूलो आर्थिक क्षति पुर्‍याउन सक्छ। त्यसैले सुरक्षा सुधार गर्ने प्रविधिका लागि ग्राहकले लगानी गर्न तयार हुने सम्भावना रहन्छ।

ओटिभको सफलताले अर्को व्यावसायिक पक्ष पनि देखाएको छ। नयाँ प्रविधि कम्पनीले सधैँ उपभोक्ताले दैनिक प्रयोग गर्ने मोबाइल एप, अनलाइन सेवा वा सामाजिक सञ्जालकै क्षेत्रमा अवसर खोज्नुपर्दैन।

परम्परागत र जटिल उद्योगभित्र पनि नयाँ बजार सिर्जना गर्न सकिन्छ। त्यसका लागि उद्योगको वास्तविक समस्या बुझ्नुपर्छ, प्राविधिक समाधान विकास गर्नुपर्छ र ग्राहकलाई त्यसको आर्थिक उपयोगिता देखाउन सक्नुपर्छ।

ओटिभले यही बाटो रोज्यो। स्वचालित कारको चर्चाबीच उसले रेललाई प्राथमिकता दियो। ठूलो बजारमा एकैपटक प्रवेश गर्नुभन्दा औद्योगिक क्षेत्रमा सानो परीक्षणबाट सुरुवात गर्‍यो। रेल सञ्चालकसँग सहकार्य गरेर उत्पादन सुधार गर्‍यो। लगानी र सरकारी सहयोग जुटायो। त्यसपछि अन्तर्राष्ट्रिय बजारमा विस्तारको बाटो बनायो।

चार वर्षमा आम्दानी ४३६५.५२ प्रतिशतले बढ्नु र सन् २०२५ मा बेल्जियमको सबैभन्दा तीव्र गतिमा बढ्ने प्रविधि कम्पनीको मान्यता पाउनु यस रणनीतिको व्यावसायिक परिणाम हो। सन् २०२५ को अन्त्यमा ९० लाख युरोको लगानी जुटाउन सफल हुनु कम्पनीको अर्को महत्त्वपूर्ण उपलब्धि हो।

तर सफलताको यात्रा अझै पूरा भएको छैन। पूर्ण स्वचालित रेल सञ्चालनलाई व्यावसायिक रूपमा स्थापित गर्नुपर्नेछ। नयाँ देशमा प्रविधि प्रमाणीकरण र ग्राहक विस्तार गर्नुपर्नेछ। ठूला रेल निर्माता तथा सञ्चालकसँग दीर्घकालीन साझेदारी बलियो बनाउनुपर्नेछ। साथै, प्रविधिको वास्तविक प्रभाव दुर्घटना न्यूनीकरण, सञ्चालन लागत, समयपालन र उत्पादकत्वमा देखाउनुपर्नेछ।

ओटिभको आगामी सफलता यी चुनौती समाधान गर्ने क्षमतामा निर्भर हुनेछ। अहिले कम्पनीले रेल उद्योगमा स्वचालनको सम्भावना देखाएको छ। अब त्यसलाई ठूलो व्यावसायिक बजारमा स्थापित गर्ने चरणमा प्रवेश गरेको छ।

घेन्टको एउटा सानो प्रविधि स्टार्टअपबाट सुरु भएको ओटिभको यात्रा रेल उद्योगको भविष्यसँग जोडिएको छ। कम्पनीले रेललाई केवल चालकले चलाउने सवारीका रूपमा होइन, सेन्सर, कृत्रिम बुद्धिमत्ता र स्वचालित प्रणालीको सहायताले अझ सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने यातायात माध्यमका रूपमा विकास गर्न खोजिरहेको छ।

यसको कथा प्रविधि विकासको मात्र होइन, बजारको समस्या पहिचान गरेर त्यसलाई व्यावसायिक अवसरमा बदल्ने उद्यमशीलताको पनि हो।

विश्वका ठूला प्रविधि कम्पनीले स्वचालित कार निर्माणमा प्रतिस्पर्धा गरिरहेका बेला रेल क्षेत्रमा सम्भावना देख्नु, त्यही क्षेत्रमा केन्द्रित भएर उत्पादन विकास गर्नु र परम्परागत उद्योगका ठूला संस्थासँग सहकार्य गर्दै अघि बढ्नु ओटिभको विशिष्ट व्यावसायिक बाटो हो।

रेललाई आफैँ चल्न सिकाउने यो प्रयासले भविष्यमा यातायातको स्वरूप कति बदल्छ भन्ने प्रश्नको उत्तर आउन बाँकी छ।

तर एउटा कुरा स्पष्ट छ, रेल उद्योगमा नयाँ प्रविधिका लागि बजार छ र त्यसलाई व्यावसायिक अवसरमा बदल्न सकिन्छ भन्ने प्रमाण ओटिभले आफ्नो छोटो यात्राबाट प्रस्तुत गरेको छ।

2