Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

म्याग्दीका २४ पर्यटकीय योजनाका लागि एक करोड ७५ लाख बजेट

म्याग्दीका २४ पर्यटकीय योजनाका लागि एक करोड ७५ लाख बजेट
A A+ A-

काठमाडौं: गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा म्याग्दीका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलको पूर्वाधार विकासका लागि २४ वटा योजनामा रु एक करोड ७५ लाख बजेट विनियोजन गरेको छ। एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने यी योजनाहरूमा पदमार्ग निर्माण, पर्यटन स्थलको पहुँच विस्तार र धार्मिक स्थलको पूर्वाधार विकास समावेश छन्।

कार्यालय प्रमुख मिता थापामगरका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि उक्त बजेट छुट्याइएको हो। मालिका गाउँपालिकामा प्रभुचेला ध्यानाश्रम, बराह ताल तथा मन्दिर क्षेत्रको पार्क र विभिन्न पदमार्गका लागि रु १० लाख र रु पाँच लाखका दरले बजेट विनियोजन भएको छ।

धवलागिरि गाउँपालिकामा मुना बस्ती, पन्थोक बस्ती र खिवाङ-भदौरे धुरी पदमार्गका लागि प्रति योजना रु १० लाख विनियोजन गरिएको छ। रघुगङ्गा गाउँपालिकामा दोभान-नागी-देवीस्थान पदमार्गका लागि रु १० लाख तथा अन्य पदमार्गहरूका लागि रु पाँच लाखका दरले बजेट छुट्याइएको छ।

अन्नपूर्ण गाउँपालिकामा अन्नपूर्ण आधार शिविर, मौरिस हर्जोग पदमार्ग, घोरेपानी-पुनहिल पर्यटन पूर्वाधार र अन्य पदमार्गका लागि रु पाँच लाखदेखि १० लाखसम्म बजेट विनियोजन भएको छ। मङ्गला गाउँपालिकामा सिमलचौर-लामोछहरा-टोड्के पदमार्गका लागि रु १० लाख र बेनी नगरपालिकामा विभिन्न पदमार्ग निर्माणका लागि रु पाँच लाखका दरले बजेट छुट्याइएको छ।

एकीकृत सेवा कार्यालयका इञ्जिनियर सुमन बोगटीका अनुसार हाल यी योजनाहरू सर्वेक्षण र सम्झौताको चरणमा छन्। स्थलगत सर्वेक्षण र लागत अनुमान तयार गरी छिट्टै कार्यान्वयन प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।

2