काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३० जना विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत हेटौंडा शाखाको पहलमा विद्यार्थीलाई ट्र्याकसुट तथा विभिन्न शैक्षिक सामग्री उपलब्ध गराइएको हो।
कार्यक्रममा बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौंडा शाखा प्रबन्धक बिनेश कार्कीसहित बैंकका कर्मचारी तथा विद्यालयका शिक्षकहरूको उपस्थिति थियो।
विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री उपलब्ध गराउँदा उनीहरूको सिकाइ प्रक्रियामा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
बैंकले बैंकिङ सेवा प्रवाहसँगै शिक्षा, सामाजिक विकास र सामुदायिक आवश्यकतालाई प्राथमिकता दिँदै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
हाल बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
