Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

अनलाइन माग बढ्दा दक्षिण कोरियाको खुद्रा व्यापार ५.७ प्रतिशतले वृद्धि

अनलाइन माग बढ्दा दक्षिण कोरियाको खुद्रा व्यापार ५.७ प्रतिशतले वृद्धि
A A+ A-

काठमाडौं: दक्षिण कोरियाको खुद्रा व्यापारमा अक्टोबर महिनामा ५.७ प्रतिशतले वृद्धि भएको छ। अनलाइन किनमेलको मागमा आएको उच्च वृद्धिका कारण समग्र खुद्रा व्यवसायको आम्दानीमा सकारात्मक प्रभाव परेको सरकारी तथ्यांकले देखाएको छ।

दक्षिण कोरियाको उद्योग, व्यापार तथा स्रोत मन्त्रालयका अनुसार १५ वटा अफलाइन र ११ वटा अनलाइन गरी २६ प्रमुख खुद्रा व्यवसायको संयुक्त आम्दानी गत वर्षको सोही महिनाको तुलनामा ५.७ प्रतिशतले बढेको हो। यस अवधिमा अनलाइन खुद्रा बिक्री १०.९ प्रतिशतले बढेको छ भने अफलाइन बिक्री १.४ प्रतिशतले घटेको छ। मन्त्रालयले ई-कमर्स प्लेटफर्महरूले सञ्चालन गरेका विभिन्न छुट तथा प्रवर्द्धनात्मक अभियानले अनलाइन खरिदमा उल्लेख्य वृद्धि भएको जनाएको छ।

अफलाइन क्षेत्रको अवस्था भने मिश्रित देखिएको छ। डिस्काउन्ट स्टोरहरूको बिक्रीमा १४.१ प्रतिशतको गिरावट आएको छ। गत वर्ष अक्टोबरमा परेको ‘छुसोक’ पर्व यस वर्ष सेप्टेम्बरमै परेकाले बिक्रीमा असर परेको मन्त्रालयले उल्लेख गरेको छ। यद्यपि, डिपार्टमेन्ट स्टोरहरूको बिक्रीमा १ प्रतिशतको सामान्य वृद्धि भएको छ। विशेषगरी महिलाको औपचारिक पोसाक र पुरुषका कपडाको माग बढ्दा यस क्षेत्रको आम्दानीमा सुधार आएको हो।

त्यस्तै, कन्भिनियन्स स्टोरहरूको बिक्री ३.६ प्रतिशतले र सुपर सुपरमार्केटहरूको बिक्रीमा ०.९ प्रतिशतले वृद्धि भएको छ। सार्वजनिक बिदाको संख्या कम हुनु र वर्षायामको प्रभाव घट्नुले उपभोक्ताको आवागमनमा सुधार ल्याएको तथ्यांकमा उल्लेख छ। अनलाइन व्यापारको विस्तारले समग्र बजारलाई टेवा पुर्‍याए पनि अफलाइन व्यापारमा आएको गिरावटले उपभोक्ताको किनमेल प्रवृत्ति डिजिटल माध्यममा सर्दै गएको संकेत गरेको छ।

2