Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

एआई कम्पनीको सेयरमा गिरावटसँगै एसियाली बजारमा हलचल

एआई कम्पनीको सेयरमा गिरावटसँगै एसियाली बजारमा हलचल
A A+ A-

काठमाडौं: अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बद्ध कम्पनीहरूको सेयरमा देखिएको बिक्री चापका कारण बुधबार एसियाली सेयर बजार प्रभावित भएको छ। लगानीकर्तामा बढेको चिन्ताका कारण अधिकांश प्रमुख एसियाली बजार ओरालो लागेका छन् भने अमेरिकी फ्युचर्स र कच्चा तेलको मूल्यमा पनि गिरावट आएको छ।

ताइवानको ताइएक्स परिसूचक ५ प्रतिशतले घटेको छ। एआई चिप निर्माता ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) को सेयर ३.६ प्रतिशत र मिडियाटेकको सेयर १० प्रतिशतले घटेको छ। दक्षिण कोरियाको कोस्पी परिसूचक ६.२ प्रतिशतले घटेर ४ हजार ६९७.५१ अंकमा सीमित भएको छ। यसमा सामसङ इलेक्ट्रोनिक्सको सेयर ९.९ प्रतिशत र एसके हाइनिक्सको सेयर ११.१ प्रतिशतले घटेको छ।

जापानको निक्केई २२५ परिसूचक २.८ प्रतिशतले घटेर ५७ हजार ११.६२ अंकमा झरेको छ। सफ्टबैंक ग्रुपको सेयर १४.८ प्रतिशत र किओक्सियाको सेयर १४.२ प्रतिशतले घटेको छ। हङकङको हाङसेङ परिसूचक ०.३ प्रतिशतले घटेर २२ हजार १५१.२८ अंकमा र चीनको साङ्घाई कम्पोजिट परिसूचक १.५ प्रतिशतले घटेर ३ हजार ४९४.७५ अंकमा पुगेको छ। साङ्घाई परिसूचकको यो स्तर एक वर्षयताकै न्यून हो।

अस्ट्रेलियाको एस एन्ड पी/एएसएक्स २०० परिसूचक ०.४ प्रतिशतले घटेर ८ हजार ६९२.४० अंकमा झरेको छ। त्यहाँको अक्टोबरको उपभोक्ता मूल्य सूचकांक वार्षिक ४.९ प्रतिशत पुगेको छ, जसले केन्द्रीय बैंकलाई ब्याजदर बढाउन दबाब सिर्जना गर्न सक्ने अनुमान गरिएको छ। यसको विपरीत भारतको सेन्सेक्स परिसूचक २.४ प्रतिशतले बढेर पछिल्लो छ महिनाकै उच्च स्तरमा पुगेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनसहित १५ व्यापारिक साझेदारमाथि थप भन्सार शुल्क लगाउने तयारी गरिरहेको समाचारले पनि लगानीकर्ताको मनोबलमा दबाब बढाएको छ। मंगलबार अमेरिकी बजारमा एसएन्डपी ५०० परिसूचक ०.५ प्रतिशत र नास्डाक कम्पोजिट १.५ प्रतिशतले घटेको थियो।

2