Logo

आजका लागि विदेशी मुद्राको विनिमयद

अ+ अ-

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ७४ पैसा र बिक्रीदर १४१ रुपियाँ ३४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ८७ पैसा र बिक्रीदर १६४ रुपियाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपियाँ ०८ पैसा र बिक्रीदर १८९ रुपियाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७४ रुपियाँ ६८ पैसा र बिक्रीदर १७५ रुपियाँ ४३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ७३ पैसा र बिक्रीदर ९२ रुपियाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ८० पैसा र बिक्रीदर १०२ रुपियाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ १५ पैसा र बिक्रीदर १०९ रुपियाँ ६१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७१ पैसा र बिक्रीदर १९ रुपियाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६१ पैसा र बिक्रीदर ३८ रुपियाँ ७८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३५ पैसा र बिक्रीदर चार रुपियाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३२ पैसा र बिक्रीदर ३८ रुपियाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ३१ पैसा र बिक्रीदर ३३ रुपियाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १० पैसा र बिक्रीदर १० रुपियाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८८ पैसा र बिक्रीदर १४ रुपियाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९५ पैसा र बिक्रीदर २२ रुपियाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०५ पैसा र बिक्रीदर १८ रुपियाँ १२ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ २२ पैसा र बिक्रीदर ४६२ रुपियाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७४ रुपियाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपियाँ ५७ पैसा र बिक्रीदर ३६७ रुपियाँ १३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।