काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपियाँ ६७ पैसा र बिक्रीदर १४१ रूपियाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रूपियाँ ५६ पैसा र बिक्रीदर १६५ रूपियाँ २६ पैसा रहनेछ ।
यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रूपियाँ ४० पैसा र बिक्रीदर १९१ रूपियाँ २२ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७६ रूपियाँ ३० पैसा र बिक्रीदर १७७ रूपियाँ ०५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रूपियाँ ९१ पैसा र बिक्रीदर ९३ रूपियाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपियाँ ५२ पैसा र बिक्रीदर १०१ रूपियाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपियाँ ६१ पैसा र बिक्रीदर ११० रूपियाँ ०८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रूपियाँ ५४ पैसा र बिक्रीदर नौ रूपियाँ ५८ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ ७५ पैसा र बिक्रीदर १९ रूपियाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपियाँ ५० पैसा र बिक्रीदर ३७ रूपियाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपियाँ ५९ पैसा र बिक्रीदर ३८ रूपियाँ ७६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ४३ पैसा र बिक्रीदर चार रूपियाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपियाँ ३० पैसा र बिक्रीदर ३८ रूपियाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपियाँ ३४ पैसा र बिक्रीदर ३३ रूपियाँ ४८ पैसामा विनिमय हुनेछ ।
साउथ कोरियन वन १०० को खरिददर १० रूपियाँ १३ पैसा र बिक्रीदर १० रूपियाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपियाँ ०४ पैसा र बिक्रीदर १५ रूपियाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपियाँ ०४ पैसा र बिक्रीदर २२ रूपियाँ १४ पैसा तोकिएको छ ।
त्यस्तै, हङकङ डलर एकको खरिददर १८ रूपियाँ ०६ पैसा र बिक्रीदर १८ रूपियाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रूपियाँ ४६ पैसा र बिक्रीदर ४६२ रूपियाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३७४ रूपियाँ १० पैसा र बिक्रीदर ३७४ रूपियाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रूपियाँ ३६ पैसा र बिक्रीदर ३६६ रूपियाँ ९२ पैसा रहेको छ ।
भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको छ ।