Logo

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ २३ पैसा र बिक्रीदर १४५ रुपियाँ ८३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ १० पैसा र बिक्रीदर १७१ रुपियाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ९४ पैसा र बिक्रीदर १९६ रुपियाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ ७२ पैसा र बिक्रीदर १८८ रुपियाँ ५० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ३९ पैसा र बिक्रीदर १०२ रुपियाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपियाँ ९६ पैसा र बिक्रीदर १०६ रुपियाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ६७ पैसा र बिक्रीदर ११५ रुपियाँ १४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ११ पैसा र बिक्रीदर २१ रुपियाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ७१ पैसा र बिक्रीदर ३८ रुपियाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ७३ पैसा र बिक्रीदर ३९ रुपियाँ ९० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६८ पैसा र बिक्रीदर चार रुपियाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ५४ पैसा र बिक्रीदर ३९ रुपियाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३० पैसा र बिक्रीदर ३७ रुपियाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०७ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०१ पैसा र बिक्रीदर १६ रुपियाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९० पैसा र बिक्रीदर २३ रुपियाँ तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५७ पैसा र बिक्रीदर १८ रुपियाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपियाँ ३८ पैसा र बिक्रीदर ४७७ रुपियाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपियाँ १७ पैसा र बिक्रीदर ३८६ रुपियाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७८ रुपियाँ ८० पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध हुने जनाइएको छ ।