Logo

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ०६ पैसा र बिक्रीदर १४६ रुपियाँ ६६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ २० पैसा र बिक्रीदर १६९ रुपियाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ८५ पैसा र बिक्रीदर १९४ रुपियाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपियाँ ४७ पैसा र बिक्रीदर १८६ रुपियाँ २३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ४५ पैसा र बिक्रीदर १०२ रुपियाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ४५ पैसा र बिक्रीदर १०६ रुपियाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ १० पैसा र बिक्रीदर ११४ रुपियाँ ५७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २५ पैसा र बिक्रीदर नौ रुपियाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ १७ पैसा र बिक्रीदर २१ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ९२ पैसा र बिक्रीदर ३९ रुपियाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ०६ पैसा र बिक्रीदर ४० रुपियाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५९ पैसा र बिक्रीदर चार रुपियाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ७६ पैसा र बिक्रीदर ३९ रुपियाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ०१ पैसा र बिक्रीदर ३७ रुपियाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ८५ पैसा र बिक्रीदर ०९ रुपियाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७४ पैसा र बिक्रीदर १५ रुपियाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६५ पैसा र बिक्रीदर २२ रुपियाँ ७५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ७२ पैसा र बिक्रीदर १८ रुपियाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपियाँ ३२ पैसा र बिक्रीदर ४७९ रुपियाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपियाँ ०७ पैसा र बिक्रीदर ३८८ रुपियाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपियाँ ३८ पैसा र बिक्रीदर ३८० रुपियाँ ९४ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।