काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ६४ पैसा र बिक्रीदर १४८ रुपियाँ २४ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ५५ पैसा र बिक्रीदर १६९ रुपियाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ रुपियाँ २७ पैसा र बिक्रीदर १९६ रुपियाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपियाँ ५६ पैसा र बिक्रीदर १८७ रुपियाँ ३१ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपियाँ ०७ पैसा र बिक्रीदर १०३ रुपियाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ६२ पैसा र बिक्रीदर १०८ रुपियाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ०१ पैसा र बिक्रीदर ११५ रुपियाँ ४८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २४ पैसा र बिक्रीदर नौ रुपियाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ४१ पैसा र बिक्रीदर २१ रुपियाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ३४ पैसा र बिक्रीदर ३९ रुपियाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ३९ पैसा र बिक्रीदर ४० रुपियाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५५ पैसा र बिक्रीदर चार रुपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ २० पैसा र बिक्रीदर ४० रुपियाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ८३ पैसा र बिक्रीदर ०९ रुपियाँ ८७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५७ पैसा र बिक्रीदर १५ रुपियाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ५६ पैसा र बिक्रीदर २२ रुपियाँ ६५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८६ पैसा र बिक्रीदर १८ रुपियाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपियाँ ७० पैसा र बिक्रीदर ४८३ रुपियाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपियाँ ०५ पैसा र बिक्रीदर ३९२ रुपियाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपियाँ ४८ पैसा र बिक्रीदर ३८५ रुपियाँ ०४ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।