काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ५० पैसा र बिक्रीदर १४८ रुपियाँ १० पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ ८३ पैसा र बिक्रीदर १७० रुपियाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपियाँ ६७ पैसा र बिक्रीदर १९७ रुपियाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ ५५ पैसा र बिक्रीदर १८८ रुपियाँ ३१ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ ५१ पैसा र बिक्रीदर १०४ रुपियाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ६४ पैसा र बिक्रीदर १०८ रुपियाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ४५ पैसा र बिक्रीदर ११५ रुपियाँ ९२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २८ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ४२ पैसा र बिक्रीदर २१ रुपियाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ २८ पैसा र बिक्रीदर ३९ रुपियाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ३६ पैसा र बिक्रीदर ४० रुपियाँ ५२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५५ पैसा र बिक्रीदर चार रुपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ १६ पैसा र बिक्रीदर ४० रुपियाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६५ पैसा र बिक्रीदर ३७ रुपियाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ८९ पैसा र बिक्रीदर ०९ रुपियाँ ९३ पैसा , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ८३ पैसा र बिक्रीदर १५ रुपियाँ ९० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ७३ पैसा र बिक्रीदर २२ रुपियाँ ८२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८२ पैसा र बिक्रीदर १८ रुपियाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपियाँ ७७ पैसा र बिक्रीदर ४८२ रुपियाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपियाँ ६८ पैसा र बिक्रीदर ३९२ रुपियाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपियाँ १२ पैसा र बिक्रीदर ३८४ रुपियाँ ६८ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।