काठमाडौँ- नेपाल बैङ्क लिमिटेडले ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने नयाँ योजना ल्याएको छ ।
सो योजना अनुसार उक्त बैङ्कबाट कर्जा लिई २०७९ चैत मसान्तअगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा एक करोड रुपियाँसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकले २०८३ असार मसान्तभित्र सर्तसहितको ब्याज छुट सुविधा पाउने छन् । बैङ्कले आफ्ना सम्बन्धित कर्जा ग्राहकलाई ब्याज छुटको सुविधा लिई कर्जा चुक्ता गर्न अनुरोधसमेत गरेको छ । साथै २०८० वैशाख १ गतेपछि निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकले २०८२ चैत मसान्तभित्र बक्यौता साँवा, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएको उक्त बैङ्कका प्रमुख सूचना अधिकारी प्रतिभा डङ्गोलले जनाउनुभएको छ ।