Logo

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ६० पैसा र बिक्रीदर १४९ रुपियाँ २० पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ५३ पैसा र बिक्रीदर १७२ रुपियाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपियाँ ६८ पैसा र बिक्रीदर १९७ रुपियाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपियाँ ११ पैसा र बिक्रीदर १८६ रुपियाँ ८६ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ९१ पैसा र बिक्रीदर १०३ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ७६ पैसा र बिक्रीदर १०७ रुपियाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ६८ पैसा र बिक्रीदर ११६ रुपियाँ १५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३१ पैसा र बिक्रीदर नौ रुपियाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ५९ पैसा र बिक्रीदर २१ रुपियाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ५८ पैसा र बिक्रीदर ३९ रुपियाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ७५ पैसा र बिक्रीदर ४० रुपियाँ ९१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५७ पैसा र बिक्रीदर चार रुपियाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ४६ पैसा र बिक्रीदर ४० रुपियाँ ६२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ९० पैसा र बिक्रीदर ३७ रुपियाँ पाँच पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८८ पैसा र बिक्रीदर नौ रुपियाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७८ पैसा र बिक्रीदर १५ रुपियाँ ८४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९५ पैसा र बिक्रीदर २३ रुपियाँ पाँच पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ९६ पैसा र बिक्रीदर १९ रुपियाँ चार पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपियाँ १२ पैसा र बिक्रीदर ४८६ रुपियाँ सात पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपियाँ १६ पैसा र बिक्रीदर ३९५ रुपियाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपियाँ ९७ पैसा र बिक्रीदर ३८७ रुपियाँ ५३ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।