Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

प्रभु बैंक र ससःत्वा हस्पिटालिटीबीच सम्झौता

अ+ अ-

काठमाडौं । प्रभु बैंक र कीर्तिपुर नगरपालिका–३, सागलस्थित ससःत्वा हस्पिटालिटी प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु बैंकका सेन्ट्रल बिजनेस सेन्टर प्रमुख लेखबहादुर पुन, कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन तथा ससःत्वा हस्पिटालिटीका बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहकले ससःत्वा हस्पिटालिटीमा उपलब्ध खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । छुट प्राप्त गर्न ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य विद्युतीय भुक्तानी प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्नेछ ।

बैंकले ग्राहकलाई बैंकिङ सेवासँगै विभिन्न व्यावसायिक प्रतिष्ठानका वस्तु तथा सेवामा अतिरिक्त सुविधा उपलब्ध गराउने उद्देश्यले यस्ता साझेदारीलाई अघि बढाउँदै आएको जनाएको छ ।

हाल प्रभु बैंकले देशभर ३०० शाखा, २६५ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

2