Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

लमजुङका स्थानीय तहको बजेट १२ करोड ९५ लाख बढ्यो

लमजुङका स्थानीय तहको बजेट १२ करोड ९५ लाख बढ्यो
A A+ A-

लमजुङ- सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा लमजुङका स्थानीय तहको अनुदान बजेट बढेर आउने भएको छ। चालु आर्थिक वर्षको बजेटको तुलनामा १२ करोड ९५ लाख रुपियाँ बढी बजेट आउने भएको हो।

अगामी आवका लागि सङ्घीय सरकारबाट लमजुङलाई वित्तीय समानीकरण, ससर्त, विशेष र समपूरक अनुदान गरी तीन अर्ब १७ करोड ७६ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। चालु आव २०८१÷०८२ मा तीन अर्ब चार करोड ८१ लाख रुपियाँ बजेट प्राप्त भएको थियो।

आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटअनुसार जिल्लाका आठ स्थानीय तहमध्ये सदरमुकामसमेत रहेको बेसीशहर नगरपालिकाले सबैभन्दा धेरै ५२ करोड १४ लाख बजेट प्राप्त गर्नेभएको छ। गत वर्ष पनि अन्य पालिकाको भन्दा बेसीशहरले बढी बढी बजेट पाएको थियो। त्यस्तै सुन्दर बजार नगरपालिकाले ४४ करोड ५४ लाख प्राप्त गर्नेछ। सङ्घीय सरकारबाट मध्यनेपाल नगरपालिकाले ४४ करोड पाँच लाख रुपियाँ र राइनास नगरपालिकालाई ४४ करोड ५३ लाख रुपियाँ बजेट विनियाजन गरिएको छ।

त्यसैगरी जिल्लाको गाउँपालिकामध्ये सबैभन्दा धेरै मस्र्याङ्दी गाउँपालिकाले ३९ करोड १७ लाख रुपियाँ पाउने भएको छ। जिल्लाको विकटमध्येको दुधपोखरी गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि सबैभन्दा कम २४ करोड ८५ लाख रुपैयाँ बजेट पाउनेछ भने क्ब्होलासोँथारका लागि २६ करोड १३ लाख रुपैयाँ र दोर्दी गाउँपालिकाको लागि ३७ करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ।

चालु वर्षको भन्दा आगामी वर्षका लागि नगरपालिकातर्फ सुन्दर बजारबाहेक सबै पालिकाको बजेट बढेको छ भने गाउँपालिकातर्फ दोर्दी र दुधपोखरीको बजेट घटेको छ।

2