Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हुम्लालाई राष्ट्रिय प्रसारणमा जोड्न पूर्वाधार निर्माण तीव्र

हुम्लालाई राष्ट्रिय प्रसारणमा जोड्न पूर्वाधार निर्माण तीव्र
अ+ अ-

हुम्ला- राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति हुन बाँकी एक मात्र जिल्ला हुम्लामा प्रसारण लाइन विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र रूपमा भइरहेको छ । अहिले कर्णाली कोरिडोर हुँदै जिल्लाभर विद्युत्का पोल गाड्ने र दुई स्थानमा सबस्टेसनको निर्माणको काम तीव्र रूपमा भइरहेको छ । हाल अदानचुली गाउँपालिका–१, कल्खेमा ३३ केभी प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसनको निर्माण भइरहेको हो । राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो । यसका साथै हुम्लामा दुई वटा ३३/३३ केभी क्षमताका सबस्टेसनको निर्माण भइरहेको छ ।

सदरमुकाम सिमकोटमा र अदानचुली गाउँपालिकाको कल्खेमा सबस्टेसन निर्माणधीन छन् । दुवै सबस्टेसन निर्माण सम्पन्न भएपछि यहाँका सात वटै गाउँपालिकामा विद्युत् सेवा पुग्ने हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले बताउनुभयो । प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव नहुने, मुगु र बाजुराका स्थानीय तहमा पनि विद्युत् विस्तार हुने उहाँले बताउनुभयो ।

सुदूरपश्चिम हुँदै ११ केभीको एलटी लाइन तान्ने काम भइरहेको निर्माणको जिम्मा लिएको न्यु स्मार्ट इलेक्ट्रिक एन्ड प्लम्बिङ सर्भिस प्रालिका सुनील घिसिङले बताउनुभयो । उहाँका अनुसार बाजुराको मार्तडी सबस्टेसनबाट कोल्टी र खत्याड हुँदै अदानचुलीको सबस्टेसनमा आउने भएकाले हाल तीन हजार पोल गाड्ने काम भइरहेको छ ।

हुम्ला र मुगुका चार वटा सबस्टेसन निर्माण गर्ने जिम्मा पाएको हेन्स टिसी कम्पनीले काम गरिरहेको तुम्च सबस्टेसनमा खटिनुभएका इन्जिनियर योगेन्द्र रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल मुगुको खत्याड र माङ्ग्रीमा, हुम्ला सदरमुकाम सिमकोट र अदानचुलीमा सबस्टेसन निर्माण भइरहेको छ । २०८० भदौ २५ गते मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणले कालीकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगु सदरमुकाम गमगढीसम्म विद्युत् पुर्‍याइएको थियो ।

मुगुमा राष्ट्रिय ग्रिड पुगेपछि अब हुम्ला मात्र जोडिन बाँकी रहेकामा अबको केही महिनामा राष्ट्रिय प्रसारण लाइनमा जोडिने देखिएको हो । आगामी दसैँतिहारसम्म राष्ट्रिय प्रसारण लाइन जोड्ने लक्ष्य प्राधिकरणले लिएको छ ।

2