Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढीपछि दूरसञ्चार सेवा पुनःस्थापनामा तीव्रता

भोटेकोशी बाढीपछि दूरसञ्चार सेवा पुनःस्थापनामा तीव्रता
A A+ A-

रसुवा। भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा दूरसञ्चार सेवा पुनःस्थापित गर्न सेवाप्रदायकहरूले प्राविधिक टोली परिचालन गरी काम तीव्र बनाएका छन् ।

बाढीका कारण क्षतिग्रस्त मोबाइल टावर, फाइबर लिंक तथा अन्य पूर्वाधार मर्मत गरेर सेवा सञ्चालनमा ल्याउने कामलाई नेपाल टेलिकम र एनसेलले प्राथमिकतामा राखेका छन् ।

नेपाल टेलिकमले बिहीबार हेलिकोप्टरमार्फत प्राविधिक कर्मचारी परिचालन गरी रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेसन सञ्चालनमा ल्याएको थियो । शुक्रबार पनि प्राविधिक टोली प्रभावित क्षेत्रमा पुगेर बन्द रहेका साइट पुनः सञ्चालन गर्ने काममा खटिएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोलजुङ मोबाइल टावर (बाहुनडाँडा) पुनः सञ्चालनमा आएपछि स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका–४ र ५, गोसाइँकुण्ड गाउँपालिका–३ र ५ तथा स्याफ्रुबेँसी–टिम्मुरे सडकखण्डका केही क्षेत्रमा मोबाइल सेवा सुचारु भएको छ ।

त्यस्तै, नुवाकोटको सूर्यगढी गाउँपालिका–३ स्थित गेर्खु मोबाइल टावर सञ्चालनमा ल्याइएपछि विदुर नगरपालिका–१० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही क्षेत्रमा पनि दूरसञ्चार सेवा पुनःस्थापित भएको कम्पनीले जनाएको छ ।

विदुर नगरपालिका–८ स्थित तुप्चे टावर र गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेभन्दा माथिको डाँडामा रहेको टावरमा भने हेलिकोप्टरमार्फत जेनेरेटर, इन्धन र प्राविधिक टोली पुर्‍याएर सेवा सञ्चालन गर्ने काम भइरहेको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार बाढीबाट प्रभावित तीन जिल्लाका कुल १२० साइटमध्ये हालसम्म ८० साइटमा सेवा पुनः सञ्चालन भइसकेको छ ।

एनसेलका १९ साइट पुनः सञ्चालन

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले पनि बाढी प्रभावित तीन जिल्लामा आफ्नो नेटवर्क पुनःस्थापनालाई तीव्र बनाएको छ ।

बाढीका कारण प्रभावित २७ साइटमध्ये बिहीबार रसुवाका तीन, नुवाकोटका आठ र धादिङका तीन गरी १४ साइट सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ । शुक्रबार थप पाँच साइट सञ्चालनमा आएसँगै पुनःस्थापित साइटको संख्या १९ पुगेको कम्पनीले जनाएको छ ।

बाढीका कारण करिब ७० देखि ८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा क्षति पुगेपछि एनसेलका २७ मोबाइल साइट प्रभावित भएका थिए । नेटवर्क पुनःस्थापनाका लागि कम्पनीले सम्भव भएका स्थानमा क्षतिग्रस्त फाइबर मर्मत गर्नुका साथै वैकल्पिक रूपमा पुराना माइक्रोवेभ लिंकसमेत प्रयोग गरिरहेको जनाएको छ ।

एनसेलले प्राविधिक टोलीलाई हवाई तथा सडकमार्गबाट प्रभावित क्षेत्रमा परिचालन गरेको छ । तत्काल सञ्चार पहुँच कायम राख्न कम्पनीले प्रभावित क्षेत्रमा थप तीनदेखि सात दिनसम्म निःशुल्क डेटा र भ्वाइस सेवा उपलब्ध गराउने जनाएको छ ।

बाढीपछि सडक, पुल र विद्युत् संरचनासमेत प्रभावित भएकाले दूरसञ्चार पूर्वाधार मर्मत चुनौतीपूर्ण बनेको छ । त्यसका बाबजुद सेवाप्रदायकहरूले वैकल्पिक ऊर्जा, हवाई उद्धारमार्फत उपकरण ढुवानी र वैकल्पिक नेटवर्क प्रविधि प्रयोग गरेर प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापित गर्ने प्रयास गरिरहेका छन् ।

2