Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भैरहवा सेजमा गार्मेन्ट उद्योग शिलान्यास

भैरहवा सेजमा गार्मेन्ट उद्योग शिलान्यास
अ+ अ-

भैरहवा- भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा डेढ अर्बको लागतमा गार्मेन्ट उद्योगको निर्माण सुरु भएको छ । व्यावसायिक घराना भाटभटेनी सुपरमार्केटको लगानीमा उद्योग निर्माण थालिएको हो । उद्योगमा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ तथा उमेश श्रेष्ठसहितको समूहले लगानी गरेको छ ।

एक बिघा १३ कट्ठा क्षेत्रफलमा स्थापना हुने उद्योगको शिलान्यास गर्दै अध्यक्ष गुरुङले यो उद्योग स्थापनाले नेपालमै लगानीको वातावरण छ भन्ने सन्देश दिने बताउनुभयो । उहाँले नौ महिनाभित्र उद्योग स्थापना गरी सञ्चालनमा ल्याउने तयारीसहित काम सुरु गरिएको जानकारी पनि दिनुभयो । अध्यक्ष गुरुङका अनुसार यहाँ स्थापना हुने उद्योगबाट नेपाली बजारका साथै युरोपेली मुलुक तथा अमेरिकामा तयारी पोसाक निर्यात गर्ने लक्ष्य राखिएको छ ।

उद्योग स्थापना भई सञ्चालनमा आउँदा एक हजार दुई सयभन्दा बढीले रोजगारी पाउने बताउँदै उहाँले त्यसमा ९८ प्रतिशत बढी स्थानीय तथा नेपाली श्रमिक रहने उल्लेख गर्नुभयो । “उद्योग निर्माणको कामसँगै आवश्यक पर्ने जनशक्तिलाई तालिम तथा प्रशिक्षणको कामसमेत एकसाथ सञ्चालन भइरहेको छ,” गुरुङले भन्नुभयो, “नेपाली अर्थतन्त्रमा सानै भए पनि योगदान गर्ने हाम्रो प्रयास हो ।”

उहाँले यस उद्योगबाट उत्पादित कपडा भाटभटेनीका स्टोरमा पनि पाइने र स्थानीय बजारमा पनि पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो । “हामीले भाटभटेनीमा आफ्नै उत्पादन बिक्रीको लक्ष्य राखेका छौँ, स्थानीय बजारमा पनि पठाउँछौँ । उद्योगका लागि आवश्यक केही कच्चा पदार्थ भारत र चीनबाट आयात गर्ने योजना छ,” उहाँले भन्नुभयो, “कम्पनी सञ्चालनमा आउनुअघि विश्वका ठुला यस्ता कम्पनीबाट विज्ञलाई ल्याएर यहाँ तालिमको व्यवस्था गर्दै छौँ ।”

सेजभित्र स्थापना गर्न लागिएको गार्मेन्ट उद्योगको समूहमा व्यवसायी उमेश श्रेष्ठ, रामकृष्ण खतिवडा, किरण श्रेष्ठलगायत पनि हुनुहुन्छ । सेजभित्र स्थापना हुने उद्योगलाई सरकारले विशेष सुविधा उपलब्ध गराएको बताउँदै अध्यक्ष गुरुङले लगानीको वातावरण बिस्तारै बन्दै गएको उल्लेख गर्नुभयो । उद्योगको शिलान्यासपछि अध्यक्ष गुरुङले नेपालमा केही हुँदैन भन्ने भ्रम तोड्नका लागि पनि औद्योगिक क्षेत्रमा लगानी विस्तार गरेको बताउनुभयो ।

भैरहवा सेज कार्यालयका सहायक निर्देशक सपुत डुम्रेले सेजभित्र भाटभटेनीको लगानी भित्रिनु यहाँका व्यवसायीका लागि पनि उत्साहको विषय भएको बताउनुभयो । यहाँ हाल १३ उद्योगमध्ये ११ वटा उद्योग सञ्चालनमा रहेका छन् भने दुई वटा बन्द अवस्थामा रहेका छन् । आगामी छ महिनाभित्र थप उद्योग पनि सञ्चालनको तयारीमा रहेको डुम्रेले जानकारी दिनुभयो । सेजभित्र ६८ वटा प्लट छन् । देशभरका मुख्य सहरमा भाटभटेनीका २८ वटा सुपरस्टोर सञ्चालनमा छन् ।

2