Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपालमा सडक परीक्षण हुँदै आधा दर्जन नयाँ कार

नेपालमा सडक परीक्षण हुँदै आधा दर्जन नयाँ कार
अ+ अ-

काठमाडौं – सरकारले बजेट मार्फत विद्युतीय सवारी साधन (ईभी)मा लगाएको कर यथावत राखेसँगै एकपछि अर्को ईभी नेपाल आउने लाइनमा देखिएका छन् । केही ब्राण्डले नेपाल ल्याएर परीक्षण सुरू गरेको मोडल नै आधा दर्जन हाराहारी छन् ।

बजेट अगाडि नै टेस्ट भेहिकल ल्याएर परीक्षण गरिरहेका बीवाइडी, डोङफेङ फरथिङ, आइएम–६, महिन्द्रा र एमजीका गाडी अब छिट्टै बिक्री सुरू हुनेछन् ।

अहिले बजारमा परीक्षण चलिरहेका विद्युतीय मोडल मूल्यका हिसाबले ४० लाखदेखि १ करोड रुपैयाँ माथिसम्म पर्ने अनुमान गर्न सकिन्छ । आधिकारिक बिक्रेताहरूको अनुसार अहिले परीक्षण चलिरहेका मोडलहरू असार र साउनबाट आधिकारिक बिक्री हुनेछन् ।

सबैभन्दा पहिला एमजी विन्डर ह्याचब्याक मोडलको बिक्री सुरू हुनेछ । बीवाइडी डल्फिनको मुख्य प्रतिस्पर्धी मानिने विन्डसर केही युनिट आइसकेको छ । त्यसैले पनि यो सबैभन्दा पहिला बिक्री सुरू हुने मोडल हो । सम्भवतः जेठ अन्तिम वा असार पहिलो साताबाट यसको बिक्री सुरू हुनेछ ।

भारतमा उत्पादन भएको विन्सर ईभीको मूल्य ४० लाख रुपैयाँ आसपास रहने छ । यसमा ३८ किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।

बीवाइडीले सिलायन-०७ ईभी पनि छिट्टै बिक्री सुरू गर्नेछ । आधिकारिक बिक्रेता साइमेक्स इंकले १ युनिट सिलायन-०७ नेपाल ल्याएर परीक्षण गरिरहेको छ । क्रसओभर एसयूभी सेग्मेन्टमा आउने सिलायन–०७ साइजका हिसाबले पनि ठूलो मोडल हो । कम्पनीले १०० किलोवाटको मोटरमा ल्याउन लागेका कारण यसको मूल्य ७५ लाख रुपैयाँ आसपास नै हुने अनुमान गर्न सकिन्छ ।

कम्प्याक्ट मिडसाइज सेग्मेन्टमा लक्ष्मी ई मोबिलिटीले नेपाल ल्याएको डोङफेङको सहायक ब्राण्ड फरथिङको फ्राइडे नामक एसयूभी २ युनिट ल्याएर परीक्षण भइरहेको छ । यसमा ९९ किलोवाटको मोटर र ६४.४ किलोवाट आवरको ब्याट्री प्याक छ । यसको टप भेरियन्ट ६२ लाख आसपास मूल्य राखेर बिक्री गर्ने योजना कम्पनीले बनाएको छ ।

फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले चीनमा बिक्री गरिरहेको क्वीड ह्याचब्याकको ईभी भर्सन पनि नेपाल ल्याएर परीक्षण भइरहेको छ । एड्भान्स अटोमोबाइलले नेपाल ल्याएको क्वीड ईभी ‘स्मल ह्याचब्याक’ सेग्मेन्ट कै कम मूल्यको कार हुन सक्नेछ । क्वीड ईभीमा २६.८ किलोवाट अवारको ब्याट्री प्याक र ४४ किलोवाटको मोटर छ ।

महिन्द्राले एक साथ दुई एसयूभी नेपाली बजारमा बिक्री सुरू गर्दैछ । अग्नी इनकर्पोरेट प्रालिले बीई–६ र एक्सईभी–९ ई मोडल नेपालमा बिक्री सुरू गर्न लागेको हो । अहिले दुवै मोडल परीक्षण भइरहेको छ । दुवैमा समान ५९ किलोवाट आवर र ७९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक पाउन सकिन्छ । यी दुई मोडलको मूल्य ७५ लाखदेखि १ करोड रुपैयाँ माथि पर्नेछ ।

चिनियाँ अटोमोबाइल ग्रुप एसएआईसीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड आइएम मोटर्सको आईएम ६ नेपाल आइसकेको छ । पारामाउन्ट मोटर्सले नेपाल ल्याएको आईएम–६मा २१७ किलोवाटको रियर ह्वील ड्राइभ मोटर दिइएको छ । ७५ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक रहेको कारको मूल्य १ करोड रुपैयाँ माथि पर्ने अनुमान गरिएको छ ।

2