Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दार्चुलामा गहुँ उत्पादनमा वृद्धि

दार्चुलामा गहुँ उत्पादनमा वृद्धि
अ+ अ-

दार्चुला= सुदूरपश्चिमको हिमाली दुर्गम जिल्ला दार्चुलामा गहुँको उत्पादनमा केहि वृद्धि भएको पाइएको छ । कृषि ज्ञान केन्द्र, दार्चुलाका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादनमा वृद्धि भएको हो । यस वर्ष पाँच हजार ९५५ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा एघार हजार ४१५ मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा यसवर्ष ६५ मेट्रिक टन गहुँको उत्पादनमा वृद्धि भएको उहाँले बताउनुभयो । गत वर्ष पाँच हजार ९५० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा एघार हजार ३५० मेट्रिक टन मात्रै उत्पादन भएको थियो । गत वर्षको तुलनामा यसवर्ष १ दशमलव ९२ प्रतिशत मेट्रिक टन गहुँको उत्पादकत्वमा वृद्धि भएको छ । यस वर्ष समय–समयमा हिउँदे वर्षा भएका कारण गहुँको उत्पादनमा केहि मात्रामा वृद्धि भएको कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो ।

गहुँखेती गरिएको जमिनको क्षेत्रफल बढेको भएपनि परम्परागत बिउको प्रयोग, कृषि जनशक्तिको अभाव, रोग–कीराको संक्रमणका कारण अनुमान गरे अनुसारको उत्पादन हुन नसकेको बताइएको छ। जिल्लाको ३२ दशमलव १२ प्रतिशत अर्थात नौ हजार ४९२ हेक्टर क्षेत्रफल जमिन सिंचाई हुन्छ, भने खेतीयोग्य जमिन उनन्तीस हजार ५४४ हेक्टर क्षेत्रफल मध्ये बाइस हजार ८२५ हेक्टर क्षेत्रफल खेती गरिएको जमिनमा सिंचाईको सुविधा पुगेको छ ।

आर्थिक वर्ष २०७९-०८० मा नौ हजार २१० हेक्टर क्षेत्रफल, २०८०÷०८१ मा नौ हजार ३१५ हेक्टर क्षेत्रफल र आर्थिक वर्ष २०८१÷०८२ मा नौ हजार ४९२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको बताइएको छ । दार्चुलाको कुल जनसङख्या एक लाख ३३ हजार ३१० रहेकोमा ८४ प्रतिशत जनसङ्ख्या कृषि खेतीमा निर्भर छन् । दार्चुला खाद्य असुरक्षित जिल्ला भएपनि याहाँ मुख्य अन्नबालीहरुमा मकै, धान, गहुँ, रैथालेबालीहरु कोदो, राज्मा, फापरको उत्पादन हुने गरेको छ ।

दार्चुला जिल्ला भौगोलिक हिसावले हिमाल, पहाड र तराईको भु–बनावट भएको जिल्ला हो । याहाँ सुन्तला, ओखर, स्याउ, खुर्पानी, आरु, पुलम लगायतका फलफूल उत्पादन हुन्छ । गत वर्ष जिल्लामा छब्बिस हजार ७९५ मेट्रिक टन खाद्यान्न आवश्यक रहेकोमा बाइस हजार ७९५ मेट्रिक टन मात्रै उत्पादन भएको थियो । दार्चुलामा गतवर्ष चार हजार १२० मेट्रिक टन खाद्यान्न अपुग भएको थियो ।

2